काँग्रेस सुधार गर्न सवैभन्दा पहिला सुर्यमुखी काँग्रेसलाई कारवाही गर्नुपर्दछ : युवा नेता जोशी

नेपाली आवाज–पर्वत । नेपाली काँग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधी युवराज जोशीले अन्तरघातीलाई निर्मम कारवाही हुनुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जनजागरण अभियान अन्र्तगत मोदी गाउँपालिका–१ भुकताङलेमा भएको भेटभाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जोशीले सुर्यमुखी काँग्रेसलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्ने काङ्ग्रेसभित्र रहेको बताउँदै स्थानीय तह र प्रतिनिधी सभाको निर्वाचनमा काँग्रेसले नै घात गरेका कारण पर्वतमा काँग्रेस कमजोर भएको दावी गर्नुभयो । पार्टीभित्र  अनुशासनहीनता बढ्दै गएको टिप्पणी गदै नेता जोशीले अन्तरघात गर्ने नेताहरुलाई सवैभन्दा पहिला बारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

‘पर्वतमा अन्तरघात गर्ने नेता धेरै छन्, पार्टीको महासमिति सदस्य भएको व्यक्तिले समेत रुखमा भोट नहाल भन्दै  हिँड्छन्’उनले भने । ‘चुनावमा सुर्यमा भोट हाल भन्दै हिँड्ने अहिले पार्टी कमजोर भयो भनेर बोल्दै हिँड्ने नेताहरुलाई गाउँमा आउन पनि रोक्नु पर्दछ ।’ उनले जनजागरण अभियानले पार्टीलाई नयाँ दिशामा अगडी बढाएको बताउँदै काँग्रेस सच्चिएर अगडी बढेमा कम्युनिष्टहरु पतन हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्माले काँग्रेमा अनुशासन र एकताको खाँचो रहेको बताउनु भयो । नेपाली काग्रेस मोदी गाउँपालिका–१ का सभापति जगनवहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मोदी गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष भुलबहादुर पौडेल , दलप्सीवोट तमु समाज अध्यक्ष कुलविर पुन लगायतले मन्त्वय राख्नु भएको थियो ।

कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका जिल्ला  शिशिर शर्मा पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार १७:५०