रानीपानीमा जागरण अभियान सम्पन्न

पर्वत । नेपाली काँग्रेस बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम पर्वतको विहादी गाउँपालिका–३ रानीपानीमा सम्पन्न भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्र्तक्रिया कार्यक्रममा बोल्ने अधिकाँस नेताहरुले पार्टीमा गुटगत द्धन्द बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । नेता बिच द्धन्द बढ्दै गएका कारण कार्यकर्तामा विचलन आएको बताउँदै समयै सचेत रहन नेतृत्वलाई आग्रह गरे । काँग्रेसले संगठन सदृढिकरणमा वेवास्ता गरेको, चुनावमा पैसावालालाई टिकेट वितरण गरेको, गुटगत राजनितिमा केन्द्रित भएको, पार्टीमा निष्ठावान र क्रियाशिल कार्यकर्ताको वेवास्ता गरेको, युवाहरुलाई संरक्षण गर्न नसकेको जस्ता आरोप उनीहरुको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी यूनियन संघका पूर्व अध्यक्ष धुव्र सुवेदीले जिल्ला समितिको कार्यविधीको विषयमा जानकारी दिदै जिल्लाको मुख नताकी पार्टीलाई बलियो बनाउन वडामा क्रियाशील भएर लाग्न सुझाव दिनुभयो । उहाँले काँग्रेस विधि र विधान अनुसार चल्ने पार्टी भएको बताउँदै विगतमा भएका कमी कमजोरीलाई केलाउँदै समिक्षा गरेर अगडी बढनु पर्नेमा जोड दिनुभयो । नेता सुवेदीले पार्टीमा अनुशासन र निष्ठा हराउँदै गएकोमा दुख व्यक्त गदै काँग्रेसको जनमत विस्तार गर्न पार्टी नेतृत्वमा क्रियाशीलताको खाँचो रहेको औल्याउनु भयो । कार्यक्रममा नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिवले पार्टीमा विपिको समाजवाद सिद्धान्त, काँग्रेसको विधि विधान र राष्ट्रिय जागरणका विषयमा बोल्नुभएको थियो । उहाँले पाटीभित्र विकृति मौलाउँदै गएको बताउँदै नेतृत्व जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका युवा नेता हरि न्यौपानेले पार्टीमा निष्ठावान र क्रियाशिलको मुल्याङकन नभएको जिकिर गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सदस्य विगोन्द पराजुली, नवराज पराजुली, प्रेश युनियन पर्वतका सचिव साजन परियार, ,धनवहादुर क्षेत्रि,मोतिलाल भट्टराई ,सारदाप्रसाद भट्टराई ,फणीन्द्र प्रसाद मास्के, लालवहादुर,कुवँर ,चुडामणि पौडेल ,रामप्रसाद ्र,ढकाल ,बिशाल लोहनी लक्ष्मि सुवेदी लगायतले महत्वपूर्ण सुझाव राख्नुभएको थियो । नेपाली काँग्रेस रानिपानीका अध्यक्ष ओमप्रसाद पराजुली सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका सचीव जयलाल पौडेलले गर्नुभएको थियो !

प्रकाशित मिति २७ जेष्ठ २०७६, सोमबार १७:४२