पकुवाका वडाध्यक्ष अख्तियारको फन्दामा : अख्तियारद्धारा छानविन शुरु

पर्वत– पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा सञ्चालित योजनामा अनियमितता भएको भनी परेको उजुरी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष शिव शर्मा पौडेल माथि छानविन शुरु गरेको हो । उनी माथि २०७६ साल बैशाख ४ गते अख्तियारमा उजुरी परेको थियो । १६८१ दर्ता नम्बर रहेको उजुरी माथि अख्तियारले छानविन थालेको छ ।

पौडेलले पकुवा सिल्मी सामुदायिक विद्युतमा करोडौँ रकम हिनमिन गरेको, वडामा कार्यालय संचालनमा आएको बजेटमा अनियमितता गरेको , विकास बजेट दुरुपयोग गरेको लगायतका उजुरीका आधारमा अख्तियारले छानविन थालेको हो ।

यस्तै वडामा सञ्चालित विद्यालयमा आएको रकम रोकेको, फर्जी बिल बनाएर लाखौँ रकम भष्ट्राचार गरेको, बृद्धाबृद्ध सम्मान कार्यक्रममा अनियमितता गरेको, ठेक्कापट्टा अनियमितता गरेको, सामुदायिक बन विनाश गरेको लगायतका आरोप पौडेल माथि लागेको छ ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार १६:३६