शिशिर शर्मा पौडेल । पर्वतका एक विद्यार्थी नेताले अपागंता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेका छन् । नेपाल विद्यार्थी संघ बिहादी गाउँपालिका संयोजक हिमलाल गिरी पारसले आफ्नो जन्मदिनको अवसरमा विहादी–३ रानीपानीका १ जना व्यक्तिलाई ह्विलचियर वितरण गरेका हुन् ।
विहादी गाउँपालिका–२ बराचौरमा जन्मिएका गिरी हाल लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत छात्रा हुन् । गिरी राजनिति सँगै सामजिक क्षेत्रमा पनि सक्रिय छन् । जन्मदिनमा गरिने फर्जुल खर्च कटाएर अपागंता भएका व्यक्तिलाई सहयोग गरेको गिरीले बताए ।
गिरीले विहादी ३ रानीपानी कौशिला परिवारको घरमा रहेका १ जना अपागंता भएका व्यक्तिलाई १ थान श्विलचियर, लत्ताकपडा र फलफुल वितरण गरेको जानकारी दिए । गाउँमा अपागंता भएका व्यक्तिहरुको अवस्था दयनिय छ । उनीहरुलाई सहयोग गर्ने आफ्नो दायित्व ठानेर सहयोग गरेको गिरीले बताए ।
गिरी सहित पत्रकार अमृत भट्टाराई, बेश हिताङ्ग, नरेन्द्र छेत्री भिम ,प्रदिप गिरी, माया भुसाल ,ब्यवसायी प्रकाश डुम्रे, ,आनन्द पौडेल ,सुपेश सुनार, सन्तोष पराजुली , बिप्लबी न्यौपाने लगायत युवाहरु ह्विलचियर वितरणमा पुगेका थिए । ह्विलचियर लिएर पुगेका युवाहरुलाई स्थानीयले फुल र खादा ओढाएर सम्मान तथा स्वागत गरेका थिए ।
अपागंता भएका व्यक्तिहरुको अवस्था देखेर कार्यक्रममा पुगेका प्रबेश हिताङ र दिपक सुनारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रकाशित मिति ६ असार २०७६, शुक्रबार १६:५४