प्रतिभा पहिचान रेडियो कार्यक्रम अन्तरगत रेडियो शालिग्रामले खुल्ला वक्तित्वकला प्रतियोगिता गर्नेे 

पर्वत/रेडियो शालिग्राम कुश्मा पर्वतले ‘समृद्ध समाज निर्माणका लागि युवाहरुको भूमिका’ विषयमा खुल्ला युवा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतिभा पहिचानका लागि रेडियो कार्यक्रम अन्तरगत असार १३ गते शुक्रवारका दिन खुल्ला युवा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको रेडियोका अध्यक्ष यूवराज जोशीले जानकारी दिनुभयो । युवाहरुमा भएका अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने तथा बोल्ने कलाको विकास गर्ने वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जोशीले जानकारी दिनुभयो । युवाहरु देशको मेरुदण्ड भएकाले समाजप्रति जिम्मेवारी बनाउने रेडियोको दायित्व भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष जोशीको भनाई छ ।

वक्तृत्वकला प्रतियोगितालाई सफल बनाउन कृष्णा गण्डकी सामुदायिक सिकाई केन्द्र कुश्मा, जनज्योती सामुदायिक सिकाई केन्द्र पिपलटारी र पर्वत सामुदायिक सिकाई केन्द्र खुर्कोटले सहयोग गरेको रेडियो सञ्चालक समितिका सचिव राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । रेडियोले विभिन्न सृजनात्मक कार्यक्रम गर्ने क्रममा उक्त कार्यक्रम आयोजना गरेको क्षेत्रीले बताउनुभयो ।

पछिल्लो चरणमा युवाहरुको समाज र राष्ट्रप्रति वितृष्णा जागेको बताउँदै वृक्तत्वकला प्रतियोगिताले देशप्रतिको माया बढाउन सहयोग पुग्ने क्षेत्रीले बताउनु भयो । कार्यक्रमले देशभरीका युवाहरुलाई मातृत्वप्रति जिम्मेवारी बनाउने र युवाहरुको क्षमता विकास गर्ने मद्दत पुग्ने उहाँको भनाई छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्धित्तिय पुरस्कार १५ हजार, तृतिय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने रेडियोका स्टेशन म्यानेजर ओमप्रसाद घायलले बताउनु भयो । प्रतियोगितामा देशभरीका बालबालिका देखी युवायुवतीहरुले भाग लिन पाउने छन् । उक्त प्रतियोगिताको सम्पूर्ण प्रस्तुती रेडियो शालिग्रामवाट प्रत्यक्ष प्रसारण गरिने घायलले बताउन् भयो । रेडियो शालिग्रामले यस अघि पनि युवा लक्षित विभिन्न सचेतना मुलक कार्यक्रम गदै आएको छ । यसअघि रेडियोले वार्षिकोत्सव पनि रचनात्मक कार्यक्रमका साथ मनाएको थियो । आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने सञ्चालक समितिको तयारी छ ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०९:४९