कुश्मा नगरपालिकाको निति तथा कार्यक्रमले नगरबासी उत्साहितः विपक्ष दलका वडाध्यक्षले खुलेर समर्थन गरे

शिशिर शर्मा पौडेल । पर्वतको कुश्मा नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । नगर सभाले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विशेषगरी पूर्वाधार, कृषि, पर्यटन, र सामाजिक विकासलाई जोड दिँदै नगरप्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कुश्मा नगरपालिकाका अधिकांस पूर्वाधार निर्माणमा प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने उल्लेख गरिएको छ । नगर प्रमुख जोशीले प्रस्तुत गरेको कुश्मा शहरलाई स्याटलाईट शहरको रुपमा विकास गरिने भएको छ । संघ र प्रदेशसँगको साझेदारीमा नगरपालिकाको पूर्वाधारहरुको निर्माण गर्नुका साथै व्यवस्थित शहर विकास गर्न एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजना तर्जुमा गरिने भएको छ । कुश्माका सवै वडालाई गुणस्तरिय सडक बनाईने, ग्रामीण कृषि सडक निर्माण तथा स्तरोन्नती, गरिने भएको छ । नगरपालिकाको सडक गुरुयोजना बनाएर अघि बढिने भएको छ । त्यसतै भौतीक संरचनाहरुलाई लैङ्गिक, बालबालिका मैत्री हुनेगरी निर्माण गनिरे भएको छ भने विद्युतका पोललाई स्टील पोलले विस्थापित गरिने उल्लेख गरिएको छ । सघन शहरी विकास कार्यक्रम, खुल्ला क्षेत्र विकास तथा पार्क निर्माण, नगरपालिकाको भवन वडा वडा कार्यलयहरुको भवन निर्माणलार्य प्राथमिकता दिईने भएको छ । त्यसैगरी व्यवस्थित वस पार्क, सिटी हल निर्माणका लागी डिपीआर समेत तयार पार्ने भएको तथा रिङ्ग रोड निर्माणलाई जोड दिईने भएको छ । विभिन्न खोला तथा नदिमा झोलुङ्गे पुल निर्माण गर्नुका साथै एलपी ग्याँस चुलोलाई विद्युत, वायोग्यास र सौर्य चुलोले विस्थापन गर्दै जाने निति ल्याईने तथा पाङ्गमा क्रिकेट रङ्गशाला बनाईने निति तथा कर्याक्रममा उल्लेख गरिएको छ । त्यस्तै बन तथा वातावरण तथा विपद व्यवस्थापनका लागि विभिन्न रचनात्मक र महत्वकांक्षी कार्यक्रम संचालन गरिएको छ । त्यसैगरी सुशासन र संस्थागत विकासका कार्यक्रम समेत संचालन गरिने नगरप्रमुख जोशीले जानकारी दिनुभयो । नगरपालिकाले सार्वजनिक खर्च प्रकृया व्यवस्थि तगर्त पहिलो चौमासिकमा ३० प्रतिशत, दोस्रोमा ३० र अन्तिम चौमासिकमा ४० प्रतिशत खर्च ष्र्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ । यता पर्यटन क्षेत्रतर्फ पर्यटन गुरुयोजना निर्माण गर्ने, कुश्मालाई आकर्षक, सुरक्षित र मनोरम र साहसिक पर्यटन गन्तव्यको रुपमा विकास गर्दै, होमस्टेको विकास र प्रवद्र्धन गरिने भएको छ । त्यस्तै मोदीवेणी, गुप्तेश्वर, अलपेश्वर, दुर्लुङकोट, पार्वती गुफा, ठुलीपोखरी, पञ्चासे लगायतललाई समेटी बृतचित्र बनाईने भएको छ भने कृषि सहकारी र राश्जश्व परिचालन तर्फ पनि प्रत्यक्ष नगरवासीहरुलाई लाभ मिल्ने खालका कार्यक्रमहरु संचालन गरिने भएको छ । आज प्रस्तुत भएको बजेट, निति तथा कार्यक्रममाथि भोलीदेखि व्यापक छलफल गरेर पास गरिने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो । उहाँले निति तथा कार्यक्रम पास भएपछि बजेट प्रस्तुत गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति ९ असार २०७६, सोमबार १५:२७