कर्मचारी आन्दोलनको कारण मोदिखोला जलविद्यूत आयोजनको ठप्प:सिडियोले पनि विवाद मिलाउन सकिनन्

९ असार
पर्वत । कूश्मा नगरपालिका वडा नं ८ चूवा स्थित तल्लो मोदिखोला जलविद्यूत आयोजनको काम कर्मचारीको आन्दोलनका कारण एक महीना देखी वन्द भएको छ । कर्मचारी कटौती गर्ने योजना ल्याए संगै आयोजनाको काम वन्द हून पूगेको हो । ४७ जना कर्मचारीमा २० जना कायम गर्ने र ४० वर्ष उमेर नाघेका कर्मचारीहरु सवैलाई अवकास दिने,अवकाश दिए वापत ८० हजार आयोजनाले भुक्तानी गर्ने उल्लेख गरेकाले कर्मचारीहरु आन्दोलनमा उत्रेका हून ।
आयोजनाको काम शूरुगर्दा धेरै स्थानिय प्रभावित क्षेत्रका कर्मचारीहरुले रोजगार पाएका थिए । अहिले २० जनाको संख्यामा झार्ने उल्लेख गरे सगै आन्दोलन शूरु भएको हो । २० मेघावाट क्षमताको विद्यूत उत्पादनको कार्य नसिकदै कर्मचारीको आन्दोलनका कारण प्रभावित वनेको छ ।
कार्यरत कर्मचारीहरुले भने अवकास दिने हो भने २० लाख रुपैया पाउनू पर्ने,योग्यता,क्षमता र उमेर भएकाहरुलाई सवै पहिले कार्यरतलाई राखेर मात्र नयां भर्ना गर्नुपर्ने । योग्यता,क्षमता भए सम्म पूरानाहरुलाई नै आन्तरीक प्रतिस्प्रर्धावाट छनौट गरि राख्नू पर्ने माग राखेका छन् ।

विगत केहि दिन देखी प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको पहलमा दुवै पक्ष र स्थानिय जनप्रतिनिधि वसेर छलफल गर्दा पनि कूनै निचोड निस्केको छैन् । आन्दोलनरत कर्मचारीहरु आपनो मागमा टसमस भएका छैनान् भने अयोजना व्यवस्थापन पक्ष पनि लचिलो हूने देखिएको छैन ।

कार्यरत स्थानिय कर्मचारीलाई ८० प्रतिशत आन्तरिक प्रतिस्प्रर्धामा राख्ने र २० प्रतिशत नयां राख्ने सम्ममा लचकता भएको तर अवकास पछि पाउने २० लाखमा कूनै सहमती नभएकाले पनि वार्ता थप लम्वीएको वडा नं ८ का वडा सदस्य तथा ट्ेडयूनियन कांग्रेसका जिल्ला अध्यक्ष सूरेन्द्र केसीले वताउनू भयो ।

व्यवस्थापन पक्षले कम्तिमा ६ वर्ष देखी १२ वर्ष सम्म आयोजनामा सेवा पू-याएका कर्मचारीहरुलाई अवकास पछि दिने सुविधा साह्ै न्यून तोकेकोमा गूनासो गर्नु भयो ।
२०६६ साल देखि निर्माण शूरु गरेको उक्त आयोजना २०७१ सालमा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । ५ वर्ष म्याद थप्दा समेत काम सम्पन्न भएको छैन ।

प्रकाशित मिति ९ असार २०७६, सोमबार १६:१२