प्रभु बैक बगर शाखाद्दारा नेपाली सेनाका लागि शैक्षिक कर्जा कार्यक्रम सम्पन्न

१२ असार

शिशिर शर्मा पौडेल । प्रभु  बैंक लिमिटेड बगर शाखा, पोखराले नेपाली सेना पश्चिमान्चल पृतना हेड्क्वाटर बिजयपुर पोखरामा नेपाली सेनाकालागि शैक्षिक कर्जा कार्यक्रम सम्पन्न गरेको छ । सैनिक कल्याणकारी कोष र प्रभु बैक लि बिच सम्झौता भै उक्त कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा प्रभु बैंकका क्षेत्रिय प्रबन्धक शान्ति शेरचन, उप क्षेत्रिय प्रबन्धक बिरेन्द्र भट्ट, बैंकका बगर शाखा प्रबन्धक हेमन्त बाबू आचार्य साथै भेस राज धमला, लगायत सैनिक जवनहरुको बक्लो उपस्थती रहेको थियो । उक्त कार्यक्रममा शैक्षिक कर्जा सम्बन्धि जानकारी प्रभु बैंक लि बगर शाखाका प्रबन्धक हेमन्तबाबू आचार्यले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै बैंकका क्षेत्रिय प्रबन्धक शान्ति शेरचनले प्रभु बैंकको जुन सुकै शाखाबाट पनि नेपाली सेनाका बाहलवाला तथा निबृत भरण सेनाका बाल बच्चाहरुका लागि अधिक्तम रु २५ लाख सम्मको शैक्षिक कर्जा सहज रुपमा उपलब्ध रहेको जानकारी दिनु भयो ।
तालिममा सहभागीहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन (बचत भिडियो), कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता (कर्जाको भिडियो), वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च (बजेट भिडियो), जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरु कर्जा, बचत, बीमा, विप्रेषण लगायतको बारेमा जानकारी हासिल गरेका थिए ।

बैंकले विभिन्न प्रकारका वित्तीय साक्षरता तालिम, सचेतनामूलक तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०२:३७