चलचित्र ‘भेडी गोठाले’ लिएर दुर्गा गुरुङ ‘मिलन’ जापान जाँदै

साजन परियार, असार १२,पर्वत । गुरुङ भाषा , संस्कार र सँस्कृतिमा आधारित चलचित्र ‘भेडि गोठाले’ जापानमा पनि प्रर्दशन हुने भएको छ । नेपालमा गुरुङ भाषाको पुस्तकालय स्थापनाको सहयोगार्थ उक्त चलचित्र जुलाई ५ तारिखका दिन जापानको टोक्यो रोधीघर सिन्कुवोमा दिनको ठिक १२ बजे प्रर्दशन गर्न लागेको हो सामजिक अभियान्त एवम् चलचित्र निर्माता दुर्गा गुरुङ ‘मिलन’ले निर्माण गरेको चलचित्रले गुरुङ भाषा र सँस्कृतिमा आधारित छ ।

चलचित्रले नेपाली युवायुवतीको प्रेम रोमान्स र समसामयिक कथालाई समेटेको छ । चलचित्र ‘भेडि गोठाले’ प्रर्दशनका लागि कार्यकारी निर्माता एवम् सामजिक अभियान्त दुर्गा गुरुङ ‘मिलन’जापान जाने तयारीमा हुनुहुन्छ । उक्त फिल्म व्यवसायिक रुपमा पनि निकै सफल मानिन्छ । जुन फिल्म यस अघि  विश्वका ५÷६ वटा मुलुकमो ब्लक बस्टर शो भईसकेको छ ।

चलचित्र ‘भेडि गोठाले’ दुबई, कतार,नेदरल्याण्ड, युके, अमेरिकाका लगायत सिटीमा प्रर्दशन भईसकेको छ भने पोखरा, काठामाडौं, दोलखा,स्याङ्जा र भारतका हलमा चलचित्र प्रर्दशन भईसकेको छ । चलचित्र प्रदर्शनबाट उठेको सर्वै रकम समाज सेवामा खर्च गरेको फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिनुभयो । उहाँका अनुसार ‘तमु प्ये ल्हु संघ लमजुङ’ले लमजुङमा गरेको पहिलो पटकको शो बाट उठेको रकम लमजुङकै ‘क्वाई बु धिं’ (तमुहरुको धार्मिक पवित्र स्थल) तथा सांस्कृतिक संरचना निर्माणको लागि सहयोग गरिएको थियो । यस्तै हङकङमा गरिएको दोस्रो ‘शो’ बाट उठेको रकम १० लाख रुपैयाँ लामो समयदेखि समाज सेवामा जुट्दै आएको ‘मिलन फाउन्डेसन नेपाल’लाई सहयोग हुने गरि मिलन ट्रष्टमा १० लाखको अक्षयकोष  स्थापना गरिएको छ ।

त्यस्तै दुबई र कतार प्रदर्शन बाट उठेको सम्पूर्ण रकम पनि  तमु प्ये ल्हु संघ’ लमजुङलाई हस्तान्तरण गरिएको थियो । मखमलि आमा समुह दोर्दी लमजुङको आयोजनामा काठमाडौं र पोखरामा गरिएको शो बाट उठेको रकम ‘मखमलि आम समुह’को सामुदायिक भवन निर्माणको लागि हस्तानतरण  गरिएको थियो । अमेरिकाको ५ वटा सिटीमा गरिएको प्रदर्शनबाट उठेको रकम पनि अमेरिकामा बसोवास गर्ने नेपालीहरुले सञ्चालन गरेको संस्थालाई सहयोग गरिएको थियो । यस्तै, बेगनास ताल तमु समुहले पोखरामा गरेको शो बाट उठेको रकम बेगनास तालको ‘तमु समाज’को लाई हस्तान्तरण गरिएको थियो ।

फेदीं खोला युवा क्लबले स्याङ्जामा गरेको शो बाट उठेको रकम युवाहरुको उत्थानका लागि सहयोग गरिएको थियो । यस्तै, युकेमा गरिएको प्रदर्शनबाट उठेको रकम १५ सय पोउण्ड र फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’को सहयोग ५ सय पोउण्ड  गरि जम्मा  २ हजार पोउण्ड  तमु प्ये ल्हु संघ युकेको क्वाईबु धिं  भवन खरिद गर्नका लागि सहयोग गरिएको थियो । त्यस्तै गोर्खाली रेडियो र सोपाल तमु समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा गरिएको दोस्रो प्रदर्शनबाट उठेको रकम द्वन्द पिडित लिला गुरुङलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।  दोलखामा पनि उठेको  सम्पूर्ण रकम दोलखामा सहयोग गरिएको थियो र अन्य ठाउँहरुबाट उठेको रकम पनि सामाजिक सेवामा कार्यरत संघ सस्थाहरु का लागि सहयोग  गरिदै आईरहेको छ ।

यस चलचित्रले  आदीबासि जनजाति फिल्म फेस्टिवल यु एस ए बाट   ‘वेष्ट पब्लिक च्वाइस’ र ‘वेष्ट एक्टर’को अवार्ड समेत हात पारेको छ । उक्त चलचित्र विक्रम गुरुङ ‘हङकङ’ देउकी सिंजाली दीपिका मिलन, विजय गुरुङ मिलन हङकङ, देउकुमारी गुरुङ हङकङको संयुक्त लगानीमा चलचित्रको निर्माण भएको हो । फिल्मको कथा तथा निर्देशन गणेश गुरुङ ‘सुवास’ को रहेको छ ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार १७:५०