रेडियो शालिग्रामको आयोजनामा राष्ट्रवयापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

साजन परिया, पर्वत । फरक शैली फरक दृष्ट्रिकोण अनि स्वतन्त्र विचार भन्ने मुल नाराका साथ कुश्मा बजारमा संचालित प्रदेश नम्वर ४ कै उत्कृष्ट रेडियो शालीग्रामले राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रेडियोले आज समृद्ध नेपाल निर्माणमा यूवाहरुको भूमिका विषयमा आयोजना गरेको प्रतियोगितामा फलेवास नगरपालिका ४ मुडिकुवाकी विपना सापकोटा पहिलो हुनुभएको छ ।

प्रतियोगितामा नमूना आवसिय माविकी प्रकृति शर्मा दोस्रो, गुरुकुल एकेडेमी बोर्डिङ स्कुल कुश्माकी श्रेया श्रेष्ठ तेस्रो र आदर्श माविका सूर्यचन्द्र रेग्मी र कुश्मा नगरपालिका–७ की निरुता शर्मा सान्त्वना हुनुभएको छ । प्रतियोगितामा पहिलो हुनेले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र दोस्रो हुनेले १५ हजार  र प्रमाणपत्र, तेस्रो हुनाले १० हजार र प्रमाणपत्र सान्त्वना हुने दुईजनाले जनही ५÷५ हजार र प्रमाणपत्र प्रदान गरिएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले जानकारी दिनुभयो । प्रतियोगितामा ३२ जनाले सहभागिता जनाएका थिए ।

पर्वत, बागलुङ, म्याग्दी, कालीकोट लगायतका जिल्लाबाट प्रतियोगीहरु सहभागी भएको स्टेशन म्यानेजर घायलले बताउनु भयो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले समृद्ध नेपाल निर्माण गर्न विचारले दिक्षित यूवाहरुको आवश्यकता रहेको बताउनुभयो । जोशीले रेडियोहरुको समाज रुपान्तरमा मुख्य भूमिका रहेको र यूवाहरुको जोशलाई उजागर गर्न यस्ता कार्यक्रम फलदायी बन्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफु संधै तत्पर रहेको र त्यसका लागि सबैको सकारात्मक सद्भाव आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले यूवाहरुमा रहेको जोश र जाँगरलाई समूचित प्रयोग गर्दै समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभयो । मल्लले यूवाहरुमा रहेको प्रतिभाको कदर गर्न प्रतियोगिताले मुख्य भूमिका खेलेको बताउनुभयो ।

नेपाली काँग्रेसका युवा नेता एवम् रेडियोका अध्यक्ष यूवराज जोशीले कुनै बेला केहि कुरा बोल्दा पनि गोली खानुपर्ने अवस्था विगतमा रहेको स्मरण गर्दै अहिले त्यो अवस्था नरहेको बताउनुभयो । समाज परिवर्तन हुँदै जाँदा मानिसहरुले बोल्ने अधिकार पाएको बताउँदै जोशीले यूवाहरुले आफ्नो अधिकार खोज्न अहिले पनि बोल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिले दुई तिहाईको सरकार रहेको तर सरकार जनताप्रति उत्तरदायी नभएको पनि आरोप लगाउनुभयो । वाक स्वातन्त्रतालाई सरकारले रोक लगाउने प्रयास गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष छविलाल तिवारीले बोल्दै सञ्चारमाध्यम संधै समाजको रुपान्तरणमा लागिरहेको र यूवाहरुको जोशलाई उजागर गर्न पनि उत्तिकै मिहेनतका साथ काम गरिरहेको बताउनुभयो । प्रतियोगितालाई कृष्णगण्डकी सामूदायिक सिकाई केन्द्र, जनज्योती सामूदायिक सिकाई केन्द्र र पर्वत सामूदायिक सिकाई केन्द्र खुर्कोटले सहयोग गरेका थिए भने अन्य संस्थाहरुको पनि सहयोग रहेको थियो ।

रेडियो सञ्चालक समितिका सचिव एवं नगर शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षेत्रीको संयोजत्वमा रहेको निर्णायक समितिमा रेडियो शालिग्रामका कोषाध्यक्ष भूमीराज शर्मा र महेन्द्रोदय माविका शिक्षक कुमार उपाध्याय रहनुभएको छ । कार्यक्रमको स्वागत तथा कार्यक्रमको उदेश्यका बारेमा रेडियो सञ्चालक समितिका उपाध्यक्ष शिवशर्मा अधिकारीले अवगत गराउँदै रेडियो शालिग्रामले समाज रुपान्तरण र विकासमा पु¥र्याएको योगदान अतुलनीय रहेको उल्लेख बताउँदै रेडियोले आगमी दिनमा विभिन्न रचनात्क एवम् बौद्धिक कार्यक्रम संचालन गदै जाने बताउनु भयो ।

कार्यक्रममा रेडियो संचालक समितिका सचिव राजेन्द्रवहादुर क्षेत्रीले रेडियोले गतबर्षदेखि नै श्रोताहरुको चाहना , माग अनुसारको कार्यक्रम उत्पादन गर्दै आएको बताउंँदै आगामी दिनहरुमा रेडियोलाई अझ परिस्कृत लैजाने बताउनु भयो । रेडियोले विगतमा पनि विभिन्न सामाजिक एवम् बौद्धिक कार्यक्रम गर्दै आएको बताउँदै क्षेत्रीले रेडियोका कार्यक्रमलाई स्रोतामाफ लोकप्रिय बनाउँदै आगमी दिनमा रेडियोलाई देशकै उत्कृष्ट रेडियो बनाउन पहल भईरहेको जानकारी दिनुभयो । उक्त  कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सचिव राजेन्द्रबहादुर क्षेत्री र प्रतियोगितात्मक कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर ओमप्रसाद घायलले गर्नुभएको थियो ।

उक्त अवसरमा समाजसेबी लोकनाथ आचार्य सहित कार्यक्रमलाई सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो । रेडियो शालिग्राम प्रदेश नम्वर ४ कै उत्कृष्ट रेडियो हो । रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैे आइरहेको छ । सुचनाको पहुँचबाट टाढा भएकाहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्धेश्यले पर्वत जिल्लामा स्थापना भएको रेडियो शालिग्राम पर्वत सँगै गण्डकी प्रदेशका ११ वटा जिल्लामा प्रत्यक्ष र  अनलाइनमा संसारभरी सुन्न सकिन्छ ।

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार १५:५६