‘पर्वते राजा’ लिएर आए गायक आर.सी पौडेल : सर्वाधिक चर्चाको शिखरमा (भिडियो सहित)

साजन परियार, पर्वत– पर्वतका सफल व्यवसायी एवम् कलाकार रामचन्द्र पौडेल‘आर.सी’को ‘पर्वते राजा’ पञ्चेबाजा गित भिडियो सहित बजारमा आएको छ । साथीको बिहेमा पर्वतवाट गएका केटा र लमजुङवाट आएका केटी साथीलोकन्ती बीच बसेको माया र पिरतीको कुरा गितमा प्रस्तुत गरिएको छ । गितमा धौलागिरी सहित गण्डकी प्रदेशका पोखरा, लमजुङ लगायतका स्थानलाई समेटेर गित तयार पारिएको हो । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका गायक पौडेल सानै देखी गित संगितमा लागेका व्यक्ति हुन् । उनले गित संगितको माध्यमवाट आफ्नो ठाउँलाई चिनाउन पनि गित बजारमा ल्याएको बताउँछन् । उनी पेशाले एक सफल व्यवसायी पनि हुन् ।
गितमा भनिएको छ ।
केटा……..
खुदी बजार लमजुङकी नानी
पर्वत घुम्न जानी कि नजानी
दुर्लुङ घुम्न जाउँ
म जन्मेको ठाउँ सानु दुर्लुङ घुम्न जाउँ
हाम्लाई पोखरा पाईपर्छ त्यतै भेटम आउ
केटीले……..
नाँच्दै गाउँदै नौपती बाजासँ
जान मन छ पर्वते राजासँग
म जन्मेको ठाउँ
सानु लमजुङ घुम्न जाउँ
हाम्लाई पोखरा पाईपर्छ त्यतै भेटम आउ
एस थ्रि इन्टरटेडम्यान्टद्धारा बजारमा आएको गितमा रामचन्द्र पौडेल‘आर.सी’ र पछिल्लो समयकी चर्चित गायिका सम्झाना भण्डारीको स्वर रहेको छ । गितमा बरिष्ठ कलाकार बिमलराज क्षेत्रीको संगित र लोकप्रिय गायक तेजेश रेग्मीको शव्दमा गित बजारमा आएको हो । संगित संयोजन आशिष अबिरलको रहेको छ । भिडियाको फिचरिङमा सञ्चारकर्मी अर्जुन थापा, नारायण सुवेदी, आर.सि.पौडेल, पुजा पौडेल, शिल्पा कार्की, बिनु कार्की लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन बिशाल लोहनीले गर्नुभएको हो । छाँयाकन किसान बिसीले गर्नुभएको छ । गितको छाँयाकन पर्वत सँगै म्याग्दीमा गरिएको हो । लगनको अवसर पारेर यो गित बजारमा ल्याईएको हो ।

गितको धौलागिरी सँगै गण्डकी प्रदेशका पर्यटकिय स्थालहरुमा छाँयाकंन गरिएको छ । गित आज बिमोचना गरिएको छ । काठमाडौको भएको गितको बिमोचन नेपाल बरिष्ठ कलाकार एवम् महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठका साथै धौलागिरीका सष्ट्राहरुले एकै साथ गरेका थिए । बिमोचनपछी मन्तव्य राख्दै महजोडीले गित एकदशै राम्रो भएको भन्दै प्रशंशा गर्नुभएको थियो । महोजोडीले भिडियो हेर्दा आनन्द भएको बताउँदै निकै मेहनतका साथ भिडियो निर्माण गरेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिदै आगामी दिनमा पनि सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले गित निकै राम्रो भएको बताउँदै निरन्तरता दिन पौडेललाई आग्रह गरेका थिए । गायक पौडेलले लामो समयको मेहेनत पश्चात पर्वत राजा बालेका गित बजारमा ल्याउन सफल भएको बताउनु भयो । उहाँले आफुलाई यो गितले स्थापित गराउने भन्दै आगमी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । गित संगित आफ्नो नशा नशामा रहेको जिकिर गदै गित संगितको माध्यमवाट आफ्नो गाउँ र जिल्लालाई परिचित बनाउने बताउनु भयो । गायक पौडेल राष्ट्रिय लोकदोहारी गित प्रतिष्ठान पर्वतका निवर्तमान अध्यक्ष समेत हुन् ।

भिडियो सहित

प्रकाशित मिति १४ असार २०७६, शनिबार १८:१९