मुडिकुवाका युवाले  सम्झे स्वर्गिय गौडेललाई

नेपाली आवाज । गत असार १० गते मोटर साईकल दुर्घटनामा मुत्यु भएका सामजिक युवा अभियान्त एवम् सफल व्यवसायी फलेवास नगरपालिका–४ मुडिकुवा निवासी रामचन्द्र गौडेलको ११ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । मुडिकुवा युवा समाज र रामचन्द्र स्मृति अभियानको संयुक्त आयोजना उक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

सभामा बोल्ने वक्ताहरुले रामचन्द्रको मुत्युले मुडिकुवालाई ठुलो नोक्सान भएको बताउँदै समाज सुधारमा स्वर्गिय गौडेलले पु¥याएको योगदानको चर्चा गरेका थिए ।
्कार्यक्रममा बोल्दै मुडिकुवा युवा समाजका अध्यक्ष दिपेन्द्र लम्सालले रामचन्द्र गौडेलको मुत्युले दुखी बनाएको बताउँदै मुडिकुवाले एउटा सफल युवा गुमाएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले रामचन्द्रले समाजप्रति देखेको सपना पुरा गर्ने दायित्व मुडिकुवाका युवाहरुप्रति आएको बताउँदै समाज परिर्वतनमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।

रामचन्द्र स्मृति अभियानका अभियान्त ओमकार पौडेल लगायतले स्वर्गिय गौडेलको स्मरण गरेका थिए । साथै स्वर्गिाय गौडेलको स्मृतिमा मुडिकुवाका सामुदायिक विद्यालयमा अक्षकोष स्थापना गरिने भएको छ । बर्खा विदा पश्चात विद्यलायमा पुगेर अक्षकोष स्थापना गरिने र सो रकमवाट गरिव, असहाय र पीडित बालबालिकालाई सहयोग गरिने रामचन्द्र स्मृति अभियानका अभियान्त ओमकार पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति २२ असार २०७६, आईतवार १६:४३