जिल्ला अस्पतालमा अर्को घटना : करेन्ट लागेर एकको मृत्यु

नेपाली आवाज, पर्वत । पर्वतमा करेण्ट लागेर एक जना मजदुरको मुत्यु भएको छ । जिल्ला अस्पताल पर्वतको नवनिर्मित भवन निर्माण गर्ने क्रममा विद्युत सट हुँदा सप्तरी तिरौला गाउँपालिका–३ का १८ बर्षिय ओमप्रकाश खङमण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर गम्भीर घाईते भएका खङमण्डलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतक शव परिक्षणका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

विद्युत के कारणले सट भएको भन्ने विषय खुल्न आएको छैन

प्रकाशित मिति ३१ असार २०७६, मंगलवार १४:५५