एनआरएनए आईसिसीको उपाध्याक्षमा अर्जुन श्रेष्ठले उम्मेदवारी दिने

साजन परियार–(पर्वत)। गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको उपाध्याक्ष पदमा बेल्जियाममा व्यवसाय गरेका अर्जुन श्रेष्ठले उम्मेदवारी दिने भएका भएका छन् । श्रेष्ठ पर्वत फलेवास नगरपालिका–६ देविस्थान निवासी हुन् । एनआरएनएको अधिवेशन आगामी अक्टोवरमा हुने भएको छ ।

बेल्जियममा लामो समय देखी बसोवास गदै आएका श्रेष्ठ एक सपल व्यवसायी तथा एनआरएनएको सामजिक अभियान्तका रुपमा परिचित छन् । श्रेष्ठले उम्मेदवारी घोषण गरेसँगै उनको चर्चा चुलिन थालेको छ ।

सन् २००९ देखी २०१३ सम्म दुई कार्यकाल बेल्जियमका तर्फबाट आइसिसि सदस्य , २०१३ देखि २०१५ सम्म युरोप संयोजक त्यसपछि सन् २०१५ देशी २०१७ सम्म आईसिसि सचिव भएर काम भएर काम गरिसकेका छन् । एनआएएनए भित्र अनुभवी र संस्थालाई नजिकवाट बुझेका व्यक्तिका रुपमा उनी परिचित छन् । गैर आवासीय नेपाली संघको ईतिहासमा यूरोप संयोजक भएर काम गरेका श्रेष्ठको कार्यकाललाई सफल र उत्कृष्ट मानिन्छ । “एनआएएनएका विभिन्न पदमा बसेर काम गर्दा मैले धेरै कुरा सिक्न र बुझ्न पाए । आफ्नो अनुभवसँगै स्रोत साधन तथा अग्रज अभियन्ताहरुको सुझाव सल्लाहमा म आइसिसीको उपाध्याक्षमा लड्ने निष्कर्षमा पुगेको हुँ’“–उनले भने ।

“सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, सामुहिक एकता सवै नेपाली बीच एकता भाव जगाउनु पर्छ भन्ने मुलमन्त्र बोकेर हिँडेका श्रेष्ठको उम्मेदवारीले एनआरएनएमा नयाँ तरंग ल्याएको छ ।

पत्रकार सँग कुराकानी गदै उनले आफ्नो एजेण्डा छिट्टै सार्वजानिक गर्ने बताएका छन् । ‘मेरो उम्मेदवारी पद लिनका लागि मात्र नभई संघलाई हाँक्न र माथि उठाउन सक्ने आत्मविश्वासका साथ दिन लागेको हुँ’–उनले भने ।

लामो समयदेखी बेल्जियममा व्यवसाय गदै आएका श्रेष्ठले जिल्लामा पनि ठुलो लगानी भित्राउन पनि सफल भएका छन् । उनको उम्मेदवारीले जिल्लावासी लगायत गैर आवासीय नेपालीहरु समेत खुशी भएका छन् ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार १४:०४