नेपाल ट्रेड युनियन काँग्रेस पर्वतले जिल्ला परिषद गदै

पर्वत । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समितीले पर्वत जिल्ला परिषदको तयारी थालेको छ । ‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मुल नारा सहित अगाडी बढेको ट्रेड युनियनले साउन २५ गते जिल्ला परिषद् गर्ने निर्णय गरेको हो ।

परिषद्को नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रदसाद जोशीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आज नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिती पर्वतका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले सोही दिन ट्रेढ युनियन काँग्रेसमा आवद्ध युवा समिति र महिला युवा समिति गठन गर्ने भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ट्रेड युनियन काँग्रेसका अध्यक्षहरुको सहभागिता रहने छ । साथै आज बसेको बैठकले रिक्त रहेको पदपूर्ति समेत गरेको छ । भेलाले सह–सचिवमा गंगा शर्मा र सदस्यमा २ जनालाइ चयन गरेको नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समितीका सचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको टे«ड युनियनको परिषद्ले काँग्रेसको गरिमालाइृ पनि उचाईमा पु¥याउने विश्वास छ ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार १७:०५