तीज गीत ‘बहिनी नाचिन’मा हेमन्त र सम्झनाको जिवन्त अभिनय

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा चर्चित लोक गायकी सम्झाना भण्डारीले ‘बहिनी नाचिन’ बजारमा ल्याएकी छन् । उनको गित पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाईरल भएको छ । चर्चित लोक गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वर रहेको गितमा छोटो समयमै अत्याधिक रुचाईएको पाईएको छ । पृथ्वी इन्टरटेन्टमेन्टबाट उक्त गित बजारमा आएको हो । सपना रसाइलीको शब्द लेखन रहेको गितमा हेमन्त कान्छाले संगीत भर्नुभएको छ । गितको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । गितको म्युजिक भिडियोमा रेशम फिरिरि ,हेमन्त कान्छा रसाइली , विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी,एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारीको अभियान रहेको छ । शिव विकको निर्देशन रहेको गितमा नवराज उप्रेतीले छायांकन गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ०५:१४