एनआरएनएको महासचिवमा पदम गिरीको उम्मेदवारी घोषणा–सर्वत्र चर्चा

शेषराज तिमिल्सीना–कतार गैह्र आवसिय नेपाली संघ कतारको महासचिवमा तनहुँका पदम गिरीले उम्मेदवारी दिने घोषणा गरेका छन् । महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गरे लगत्तै गिरी आफ्ना एजेण्डा सहित चुनावी प्रचार प्रसारमा जुटेका छन् । लामो समयदेखी कतारमा रोजगारीको शिलशिलामा रहेका गिरी सामजिक कार्यमा पनि रचनात्मक भूमिका खेल्दै आएका छन् । भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्ने गिरीले आफुले कर्म गरेकै आधारमा चुनाव जित्ने दावी गर्छन । लामो समयदेखी सामजिक कार्यमा संलग्न गिरी नेपालमा आईपरेको विनाशकारी भुकम्प, बाढि पहिरो, मृगौला पीडित लगायत थुपै पीडितहलाई सहयोग गदै आएका छन् ।

महासचिवमा उम्मेदवारी तथा नम्रतापुर्वक सहयोगको अपिल !

गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगमि महाधिवेशन मार्फत महासचिव पदमा मेरो उम्मेदवारी तथा अपिल :

आदरणिय कतारमा स्थापित विभिन्न उद्धेश्यका संघ संस्थाका प्रमुख तथा प्रतिनिधी ज्यूहरु, आगामी कार्यकालका लागि पजीकृत सदस्य ज्यूहरु, कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, पत्रकार साथीहरु, सवैमा पदम गिरीको तर्फवाट नमस्कार तथा न्यानो अभिवादन !

पदम गिरी नेपालको तनहुँ जिल्ला स्थायी घर भै हाल वैदेशिक रोजगारीको शिलशिलमा विगत लामो समयदेखि कतारमा अवस्थित छु रोजगारीको अतिरिक्त कतारमा स्थापित नेपाली समाजको तर्फवाट मैले समाजिक कार्यहरुमा रचनात्मक सहभागि समाजप्रति मेरो क्षमताले भ्याएसम्म समपर्ण रहेदै आइरहेको तथ्यको साक्षी तपाईहरुनै हुनुहुन्छ भन्नेमा पुर्ण रुपमा विश्वस्त रहेको छु यहाँहरुको न्यायको नजरवाट त्यसको मुल्यांकन हुनेछ भन्नेमा पुर्ण आशा एवंम विश्वास समेत लिएको छु

तेश्रो मुलुकमा गठित चाहे गैह्र आवसिय नेपाली संघ हो या अन्य मुलुकमा गठित तिनै गैह्र आवसिय नेपालीहरुद्धारा संचालिल विभिन्न उद्धेश्यका निम्ति गठन भएका अन्य समाज किन नहोस सवैको कार्यक्षेत्र दायराको विविध पक्षको अनुभवका कारण मैले आफुलाई आगमि कार्यकालका अर्थात २०१९(२०२१ का लागि महासचिव पदमा जाने सोच त्यसैका आधारमा महासचिव पदमा रहेर संघको उद्धेश्य प्राप्तिका लागि अनरवत लाग्ने संस्थाप्रति रहनुपर्ने ईमान सहितको संकल्पका साथ आगामि कार्यकालका लागि महासचिव पदमा जाने सोचका साथ सम्पुर्ण तयारीमा लागेको जनाकारी सम्वन्धित सवैमा जानकारी गराउन पाउदा गौरव महसुस गरेको छु साथ साथै उम्मेदवारी घोषणाको विशिष्ठ समयमा मैले आगामि कार्यकालको कयौ अवसर चुनौतिहरुको समेत स्मरण गरिरहेको छु

तर सवै प्रकारका अवसर चुनौतिका समाना अवसरको व्यवस्थापनको जिम्माको कर्तव्य प्रति रहेतापनि अन्तत हामि सवैको साझा कार्यभार हो भन्नेमा पुर्ण रुपमा विश्वस्त रहेको छु विगतको संस्थागत रुपमा हासिल गरेको अनुभववाट आगामि दिनहरुमा संघको उद्धेश्य प्राप्तिका लागि पुन आफुलाई योग्य भाग्यमानी ठानी आगामि कार्यकालका लागि महासचिव पदमा उम्मेदवारीको घोषणा गर्दै सम्पुर्ण पन्जिकृत सदस्यहरुमा सहयोगको लागि अपिल गर्दछु मैले यो प्रारिभ्भक घोषणा पत्रमा धैरै विषयहरुको उठान गरिरहन तत्कालका लागि उपयुक्त ठान्दिन किनकि अधिवेशन पश्चात निर्वा्चित समितिले आफ्नो भावि कार्यक्रमहरु वनाउने त्यसको सफलताको अभियानमा मैले आफनो नयां कार्यहरु समावेश गर्दे विशेष गरी कतारमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि नेपाली नियोगसंग परामर्स गर्दे उनीहरुको सुख दुखको साझेदारी भएर काम गर्नेछु

मलाई विश्वास यहांहरुको सहयोग मेरो लागि सफलताको वरदान सावित हुनेमा पुर्ण आशा एवं विश्वास लिएको छु अन्तमा पुर्ण रुपमा विश्वास यहांहरुको भरोषा सहित मलाई निर्वा्चित गराई संघ मार्फत तपाई हामि सवैको सेवामा लाग्ने अवसर प्रदान गरिदिन हुनका लागि सवैमा सहयोगका लागि अपिल गर्दछु

हार्दिक धन्यवाद सहित

पदम गिरी

गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आसन्न महाधिवेशन मार्फत महासचिव पदका लागि प्रत्यासी उम्मेदवार सदस्यता नम्बर : QA0000054

 

प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार १०:०७