गाडी खरिदमा अनियमितताको आशंका :  राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सहित  ३ जना माथि छानविन माग

नेपाली आवाज । संघीय संसदका सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् । सभापतिहरूले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानबिन माग गरेका छन् ।

सभापतिहरूले शुक्रबार सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानाकर्षण गराए। उनीहरूले गाडी खरिद प्रकरण छानबिन गर्न संसदका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने मागसमेत गरे।

गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरूका लागि गाडी खरिद गरिएको हो। टेन्डरबाट खरिद गरिए पनि गाडीका पार्टपुर्जा नक्कली हालिएका हुन सक्ने सभापतिहरूको आशंका छ। कान्तिपुर पत्रिकामा खवर छ ।

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०५:११