चुवाका उत्कृष्ठ विद्यार्थीलाई ५० हजार पुरस्कार

नेपाली आवाज । कुश्मा नगरपालिका–८ चुवाले एसईई परिक्षामा सर्वोत्कृष्ठ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार बरावरको शैक्षिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । विद्यार्थीलाई उच्च शिक्षा हाँसिल गर्न सहयोग पु¥याउने उद्देश्यले प्रोत्साहन स्वरुप पुरस्कार घोषण गरेको वडाध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
वडामा मंङगलोदय मा.वि र दुई प्रावि छन् । मङगलोदय माध्यमिक विद्यालयबाट एसईइमा सर्बोत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषण गरेको वडाध्यक्ष क्षेत्रीले बताउनु भयो । सामुदायिक विद्यालयमा गुणस्तर भित्राउन पहल थालेको चुवाले गतबर्ष देखी दिवा खाजा कार्यक्रम समेत संचालन गरेको छ । दिवा खाजा कार्यक्रम शुरु भएसँगै जंङफुडको प्रयोग कम हुँदै छ भने, विद्यार्थीहरु खाजाकै कारण नियमित विद्यालय आउन थालेको मंगलोदय माविका प्रधानाध्यापक नागेश्वर उपाध्यायले बताउनुभयो ।
गुणस्तरिय शिक्षामा जोड : क्षेत्री
वडा अध्यक्ष राजकुमार क्षेत्रीले स्थानिय तहमा शैक्षिक क्षेत्रलाई सुधार्नु छ भने शिक्षामा लगानी अनिवार्य रहेको प्रतिक्रिया दिनुभयो । शिक्षामा लगानी गरेमात्रा शिक्षामा विकास हुने भन्दै क्षेत्रीले विद्यालयमा गुणस्तरि शिक्षा प्रदान गर्न अभिभावक र शिक्षकको अहम भुमिका रहेको बताउनु भयोे । शिक्षाको विकास नभएसम्म अरु क्षेत्रको विकास असम्भब रहेको जिकिर गदै शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको यद्घोष गर्नुभयो । साथै शिक्षाको विकासका लागि दिर्घकालिन सोचको साथ अगाडी बढे अझ शिक्षा क्षेत्रमा फड्को मार्ने सकिने उहाँको धारण छ । शिक्षामा पहिला गुणस्तर भित्राएर मात्र व्यवसायिक शिक्षालाई जोड दिईने उहाँको भनाई छ ।

प्रकाशित मिति २९ श्रावण २०७६, बुधबार ०५:३३