एनआरएनए बेल्जियमको सचिवमा न्यौपानेको उम्मेदवारी घोषणा

साजन परियार, पर्वत । नेपाली गैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमको चुनावी सरगर्मी बढेको छ । चुवानी सरगर्मीलाई मध्य नजर गदै आकाँक्षीहरुले आफ्नो उम्मेदवारी घोषण गरेका छन् । यसैविच छोटो समयमा नै बेल्जियममा बसि धेरै काम गरेका दिपक न्यौपानेले सचिव पदमा आफ्नो उम्मेदवारी दिने घोषण गरेका हुन् । उनको उम्मेदवारीले बेल्जियममा बसोवास गदै आएका प्रवासी नेपालीहरुमा थप उत्साह थपिएको छ । बौद्धिक तथा नेतृत्व कार्य कुशलतामा प्रवल न्यौपाने कसैको आँखामा बिझाउँदैनन् । सहयोगी भावनाका उनी सामजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् । पर्वतको पैयु गाउँपालिका स्थित सरौखोलामा जन्मिएका न्यौपाने हाल बुटुवलमा स्थायी रुपमा बसोवास गदै आएका छन् । नेपालमा पनि वैङ्किग अनुभव भएको कमख्या बचत तथा ऋण सहकारी संस्थाको कोषाध्याक्ष भएका न्यौपाने एकाउन्टमा मास्टर पास गरेका हुन् ।

एनआरएनए बेल्जियमको सन् २०१५÷२०१७ को अन्त्वेर्पेनको क्षेत्रीय सचिव, २०१७ ÷२०१९ राष्ट्रिय समन्यव परिषद्  बेल्जियमको सदस्य भएर काम गरेका न्यौपानेले हाल सचिव पदमा उम्मेदवारी दिने भएका हुन्् । विगतमा गरेका कार्यको आधारलाई मुल्याङकन गदै उनले सन् २०१९ ÷२०२१ का लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । आफ्नो उम्मेदावारी चुनावलाई मात्र नभई एनआरएनए बेल्जियमको समग्र विकासका लागि भएको बताएका छन् । अग्रजहरुको सुझाव सल्लाहलाई मनन गदै सचिव पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए ।

‘एनआरएनए प्रति हाम्रो दोस्रो पुस्तालाई आकर्षण गराउन राष्ट्रिय समन्वय परिसद्को कार्यकारी पद  बाट मात्र सम्भब भएकोले मैले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरको हुँ,’–उनले भने । सचिव पद काम गर्ने अवसर पाएको खण्डमा आदरणीय अग्रजहरुको अनुभव र नयाँ पुस्ताको जोश जाँगरको उचित संयोजनमा प्रबासी नेपालीहरुको साझा संगठन एनआरएनएमा रचनात्मक कार्यको थालनी गरि आगामी पुस्तालाई एनआरएनए प्रति आकर्षित गराउने प्रतिबद्दता व्यक्त गरेका छन् ।

प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार १८:०४