१०/१२ जना महिलाले भन्दैमा निर्णय फिर्ता हुँदैन : प्रमुख जिल्ला अधिकारी नेपाल

पर्वत– प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले प्रशासनले तीजमा तडक–भडक नगर्न पार्टी प्यालेस र होटलमा तीज नमनाउन गरेको आग्रह फिर्ता नहुने प्रस्ट पार्नुभएको छ । धौलागिरी बहुउद्देश्यीय महिला विकास समिति पवतको चौथो पदस्थापन समारोह एवम् शुभकामना आदानप्रदान, सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम बोल्दै उहाँले १०÷१२ जना महिलाले भन्दैमा निर्णय फिर्ता नहुने प्रस्ट पार्नुभयो ।

उहाँले तिजलाई सभ्य तरिकाले मनाउन समेत आग्रह गर्नुभयो । तिजमा विभिन्न किसिमका विकृति सृजना नर्गन पनि अपिल गर्नुभयो । पछिल्लो समयमा तिज आउनुभन्दा धेरै पहिलेदेखि यस पर्वका नाममा बढ्दो तडकभडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनि, प्रदूषण र चोरी हुनेजस्ता विकृतिजन्य क्रियाकलापले तिज पर्वको मौलिकतामा माथि आँच पुगको उल्लेख गदै तीज मनाउन रोकेको नभइ व्यवस्थित गर्न खोजेको बताउनुभयो ।

उहाँले महिनौदेखि नभइ निश्चित समयमा मात्रै तीज मनाउन आग्रह गरिएको प्रष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालय पर्वतले तीजमा तडक–भडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन गत बिहिवार सार्वजनिक सूचना जारी गरेको थियो । तीज पर्वलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्वतले कडाइ गरेको प्रति पर्वतका विभिन्न सामाजिक संघसंस्थाले आपत्ती जनाउँदै आएका छन् ।

पर्वतमा क्रियाशिल ९ वटा संघसंस्थाले संयुक्त रुपमा प्रसासन कार्यालयलाई ध्यानकर्षण गराउँदै तीज मनाउन गरिएको अवरोध स्विकार्य नभएको भन्दै सञ्चारिका समूह, ईनरह्वील क्लव अफ पर्वत, लायन्स क्लव अफ कुश्मा सिटी, महिला मानव अधिकार सन्जाल, सिसेफ महिला समूह, महिला उद्यमी समिति, व्युटिसियन संघ, सुनचाँदी महिला व्यवसायी संघ र होटल व्यवसायिक संघले प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ध्यानाकर्षण थिए । तर, उनीहरुको आग्रहलाई प्रमुख जिल्ला अधिकारी नेपालले सिधै अस्किार गरिदिनु भएको छ ।

प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार १६:५४