मनकारी रामचन्द्र : जन्मदिनको खर्च क्यान्सर पीडितलाई

नेपाली आवाज । प्रवासमा रहेका यहाँका एक व्यक्तिले आफ्नो जन्मदिनमा हुने खर्च कटाएर क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । अध्ययनको शिलशिलामा जापानमा पुगेका कुश्मा नगरपालिका–२ खुर्कोटका रामचन्द्र नेपालीले क्यान्सर पीडित कुश्मा नगरपालिका–४ का मिन परियार खड्केलाई आज २१ हजाररुपैयाँ सहयोग गरेका हुन् ।

२९ बर्षिय मिन परियार आन्द्रामा क्यान्सर भई हाल दिल्ली स्थित राजिव गान्धी हस्पिटलममा उपचारर्थ छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले आर्थिक सहयोगको याचना गदै आएको छ । म आफ्नो बर्थ डे सेलिबेरसिन गरेर रमाईलो भन्दा पीडित परियारको मुहारमा उज्यालो हेर्न चाहान्र्थे, नेपालीले भने,‘ थोरै रकम भएपनि सहयोग गर्न पाउँदा खुशी छु’ । नेपाली पूर्व अनेरास्ववियु विद्यार्थी संगठनका केन्द्रिय सदस्य पनि हुन् । राजनिति सँगै सामजिक कार्यमा सक्रिय नेपाली हाल जापानमा छन् ।

उनलाई रकम पठाउन साथीहरू ध्रुव सुवेदी, दिपक निउरे, जीवन क्षेत्री, सन्देश गुरुङ लगायतले सहयोग गरेका थिए । उक्त रकम खड्का बचाउ अभियानमा लागिरहनु भएका याम परियार ’शिव’, ठाकुर रसाईली, साजन परियार र सरोज खनालले क्यान्सर पीडित खड्काकि आमा तुलसी परियार लाई आज एक समारोह बीच पिडितको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १७:३८