सिटीजन लाईफ इन्स्योरेन्स अभिकर्ता उत्पे्रणा तथा पुनर्ताजगी तालिम  सम्पन्न

नेपाली आवाज । सिटीजन लाईफ इन्स्योरेन्सको अभिकर्ता उत्पे्ररणा तथा पुनर्ताजगी तालिम एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । सिटिजन लाईफ इन्सुुरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सिटिजन इन्स्योरेन्स  कम्पनीका विशेषता, विमाको महत्व र अभिकर्ताले गर्नुपर्ने कामको विषयमा जानकारी दिईएको थियो ।

तालिममा नयाँ तथा पुराना अभिकर्ता गरि ३५ जना सहभागी भएका थिए । सिटीजन लाईफ इन्स्योरेन्स  कुश्मा शाखाका प्रमुख दिपेन्द्र लम्सालले तालिम प्रदान गर्नुभएको हो । यो ईन्स्यरेन्स हालै मात्रै कुश्मामा शाखा स्थापना गरि काम गर्दै आईरहेको छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १४:१४