फलेवास प्रहरी चौकी : चाडपर्वलाई लक्षित गदै सुरक्षा व्यवस्थामा कडाई

नेपाली आवाज । चाडपर्वलाई लक्षित गदै फलेवास प्रहरी चौकी देविस्थानले सुरक्षा व्यवस्थामा कडाई गर्न थालेको छ । जिल्लाको तेस्रो व्यापरिक केन्द्रका रुपमा रहेको फलेवासमा तिज, दशै र तिहारलाई लक्षित गदै बजारका मुख्य चोकमा कडाई गर्न थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवास, ब्यापारिक स्थल, बैंक तथा वित्तिय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल बढ्दै गईरहेको सन्दर्भमा सम्भावित चोरी, डकैती, लुटपाट तथा जस्ता शान्ति सुरक्षासँग जोडिएका घटनालाई नियन्त्रण गर्न २४ सै घण्टा सुरक्षा व्यवस्था कडा पारिएको फलेवास प्रहरी चौकीका प्रहरी नायव निरिक्षक प्रमोद बिक्रम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वका अवसरमा शान्ति सुरक्षालाई भरपर्दो तथा प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्वत मातहत काम गरिरहेको केसीले बताउनु भयो । प्रहरीले चाडपर्वका समयमा हुन सक्ने उच्छ्रृङ्खलता, झै–झगडा, कुटपिट, तास, जुवा, लङ्गुरबुर्जाजस्ता सामाजिक रुपमा विकृति फैलाउन सक्ने कार्यलाई नियन्त्रण गर्न प्रहरीले फलेवास नगरपालिका र जनप्रतिनिधी सँग समन्वय गदै आएको छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १४:४३