फलेवास नगरपालिकामा रिवन काट्ने र सडकमा धुलो उडाउने बाहेक अरु काम भएको छैन

नेपाली आवाज । नेपाली काँग्रेसका नेता एवम् फलेवास नगरपालिकाका मेयरका प्रत्यासी गंगाधर तिवारीले फलेवास नगरपालिकाले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले नगरपालिकामा बहुमत प्राप्त सरकार भएपनि काम गर्न नसकेको, एकलौटी गरेको, जनतावाट अत्याधिक कर उठाएको र जनतालाई भ्रममा पारेको भन्दै गरिव र विपन्नको नाममा राजनीति गरेपनि काम गर्न नसकेको बताए ।

फलेवास नगरपालिका–४ मुडिकुवाको अम्बोटमा अवस्थित गहते अम्बोट आधारभुत विद्यालयमा कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै नेता तिवारीले काँग्रेस हारेका कारण विकास हुन नसकेको हो भने । निर्वाचन सम्पन्न भएको दुई बर्षसम्म पनि नगरले विकासको गति लिन नसक्नु नगरबासीको दुर्भाग्य भएको बताए ।

मेयर पदमपाणि शर्मा प्रति लक्षित गदै नेता तिवारीले नगरको बजेटवाट मेयरले रिवन काट्न हिँडेको आरोप लगाए । ‘दुई बर्ष बितिसक्दा पनि रिवन काट्ने र सडकमा धुलो उडाउने बाहेक अरु काम भएको छैन,’ तिवारीले भने । समृद्ध फलेवास बनाउन नगरपालिकामा प्रशस्त सम्भावना र अवसर भएको बताएँदै दलिय स्वार्थवाट उठेर नगरको विकासमा लाग्न तिवारीले सुझाव दिए ।

साथै उहाँले गहते अम्बोट आधारभुत विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि ५१ हजार बरावरको हरिबासु अक्षकोष स्थापना गर्नुभएको छ । फलेवास नगरपालिका–११ पाङराङका वडाअध्यक्ष जितवहादुर सुनार‘शेरवहादुर’ले विद्यालयको फर्निचर खरिदका लागि १० हजार सहयोग गर्ने घोषण गर्नुभयो ।

प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १८:०७