दुई तिहाई कर र भष्ट्राचारको सरकार : नेता जोशी

शिशिर शर्मा पौडेल ।काँग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले जिल्लाको पर्यटन क्षेत्रको दिगो विकास र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारण राख्नुभएको छ । नेता जोशीले जिल्लाको आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको जिकिर गर्नुभयो । उहाँले पर्वतको पर्यटन क्षेत्र विकासको मुख्य आधार भएको स्पस्ट पार्नुभयो । पर्वतको मोदी गाउँपालिका–१ भुकताङमा भुकताङले देउराली युवा समाजले आयोजना गरेको बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रममा बोल्दै भुक पर्यटकिय सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत विकासका लागि स्थानीय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी जिल्ला कास्की लगायत अन्य जिल्लाका पर्यटकलाई भित्राएर भुकको बृहत विकास गर्न स्थानीइलाई सुझाव दिनुभयो । नेता जोशीले आफु साँसद हुँदा शुरु गरेका विकास निर्माणका कामले गति लिन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । नेता जोशीले आफु साँसद हुँदा पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विकासे पूर्वाधारका काम थालेको बताउँदै अहिले ति कामले गति लिन सकेनको भन्दै दुःख व्यक्त गर्नुभयो । अहिलेका जनप्रतिनिधीहरुले काम भन्दा पनि समृद्धिका गफ गदै रिबन काट्न हिँडेको प्रति आक्रोश व्यक्त गर्नुभयो । सरकारले दुई तिहाई बहुमतको दम्भ देखाएर अधिनायकवादी बनेको आरोप लागउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो,‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको क्षेत्रलाई समेत आक्रमण गर्न थालेको छ । नेता जोशीले वर्तमान सरकार दुई तिहाई बहुमतको दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाईरहेको बताउनु भयो । दुई तिहाई बहुमत प्राप्त सरकार आएपछि देशमा समृद्धि आउला, रोजगार पाईएला भनेर भोट हालेका जनताले ति कुरा त पराई जायोस् देशमा दुई तिहाई भष्ट्राचार, दुई तिहाई कर र दुई तिहाई बलात्कार र दुई तिहाई चोरी डकैती बढेको आरोप लागाउनु भयो । देशमा अहिलेका घट्ना तथा परिघट्नाहरु यस्तैगरि कायम रही रहे आफ्नो पार्टी चुप लागेर नबस्ने पनि उहाँले चेतवानी दिनुभयो । साथै जोशीले जनतालाई अत्यधिक कर लगाईएको, मुल्य बृद्धि चरम रुपमा बढेको र सिण्डिकेट कायमै रहेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ००:५८