नेवि संघ पर्वतले वितरण ग¥यो छात्रालाई सेनिटरी प्याड

नेपाली अावाज, पर्वत । विद्यार्थी मुद्धा र संगठन निर्माणमा मात्र केन्द्रित नेपाल विद्यार्थी संघले छात्राहरुले विद्यालयमा भोग्नुपरेको समस्याप्रति पनि केन्द्रित हुन थालेको छ । छात्रा विद्यार्थीहरुको समस्यालाई मध्येनजर गदै नेपाल विद्यार्थी संघले यहाँको एक विद्यालयका छात्रा विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटीको ५७ औँ स्थापना दिवसको अवसर पारेर नेवि संघ पर्वतले कुश्मा नगरपालिका–२ खुर्कोटमा संचालित हिमालय माविमा अध्ययनरत छात्रालाई ७० थान सेनेटरी प्याड वितरण गरेको जनाएको छ । महिनावारी भएको बेला विद्यालयमा छात्राको अनियमितता भएको खवर थापा पाएपछि विद्यालयमा निशुल्क प्याड वितरण गरेको नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो । महिनावारी भएको बेला छात्रा विद्यालयवाट बञ्चित नहोउन भनेर प्याड वितरण गरेको बताए । नेवि संघ विद्यार्थी राजनितिमा मात्र केन्द्रित नभई विद्यार्थीको समस्याका प्रति पनि चिन्तित गरेको जिकिर गरे ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०१:३३