पर्वत काँग्रेसलाई बनाउन एक हौं : नेता जोशी

भदौ २०, पर्वत । नेपाली काँग्रेस पर्वतको शुक्रवार भेला भई विभिन्न निर्णय भएको छ । जिल्ला कार्यसमितिको आयोजनामा भएको भेलाले पार्टिको जिल्ला र क्षेत्रीय समिति समायोजन गरेको छ । सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको शुक्रवार बसेको भेलाले बिगतमा रहेको प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई समायोजन गरेको छ ।

बिगत १३ औँ महाधिबेशनमा नेपाली काँग्रेसको पार्टि संरचना क्षेत्र नम्बर १ र २  भन्ने थियो । त्यसलाई समायोजन गरि गण्डकी प्रदेश प्रतिनिधी सभा निर्वाचन क्षेत्र प्रदेश क र ख को रुपमा समायोजन गरिएको पार्टिले जनाएको छ । संघिय संरचनाले राज्यको पुनसंरचना गरेपछि नेपाली काँग्रेसले पर्वतमा क्षेत्रीय र जिल्ला समितिको समायोजन गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टि नयाँ संरचनामा समायोजन भएपछि चौधो महाधिबेशन सम्म पुग्दा एक ढिक्का भएर जाने बताउनुभयो । पार्टिको संरचना बलियो बनाउन र जनताको विश्वासीलो पार्टि बनाउन सबैले आ आफ्नो ठाउँबाट रचनात्मक काम गर्नुपर्ने बताउनुभयो । जोशीले पर्वतमा जुझारु र क्रियाशिल नेता र कार्यकर्ता रहेको बताउँदै पार्टिलाई जीवन्त तुल्याउन कुनै समस्या नरहेको दाबी गर्नुभयो  । उहाँले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गर्नुभयो ।

उहाँले पार्टीलाई अन्तरघातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने दृढता व्यक्त गर्नुभयो । नेता जोशीले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताउनु भयो ।  नेता जोशीले पर्वतका शिर्ष नेताहरुले एक आपसमा पार्टीलाई एक भएर अगाडि लैजाने कुरा गरिरहे पनि व्यवहारमा एकता नदेखिएको भन्दै मिलेर पार्टीलाई सशक्त बनाउन आग्रह गर्नुभयो । अहिलेको आवश्यकता हृदयगत एकता भएको जोशीले बताउनुभयो । नेता जोशीले सरकार दिनप्रतिदिन अलोकप्रिय बनिरहेको टिप्पणी गर्नुभयो ।

सरकारले काम गर्ने ढंग नपुर्याइरहेको भन्दै अहिलेको संविधानलाई सरकारले बाँदरको हातमा नरिवल जस्तो बनाइरहेको आरोप लगाउनुभयो । सरकार चलाइरहेका दलहरुको एकता र गठबन्धन सिद्धान्त तथा विचारका आधारमा नभई स्वार्थका आधारमा भएको टिप्पणी गदै जोशीले सरकार गलत दिशामा गइरहेको भन्दै त्यसलाई रोक्न मजबुत कांग्रस जरुरी रहेको औंल्याउनुभयो ।

जिल्ला सभापति खिमप्रसाद भुसालले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा रहेको एकता आगामी दिनमा अभैm भवनात्मक र बलियो हुने बताउनुभयो । सभापति भुसालले आगामी भदौ २४ गते १०६ औँ विपी स्मृति दिवसको अवसरमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु हुन लागेकाले कार्यक्रममा सक्रिय सहभागी हुन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन समितिका केन्द्रिय प्रतिनिधी हरिनारायण रेग्मीले अन्तरिम व्यवस्थापनको बारेमा जानकारी गराउनुभयो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य कुलप्रसाद पाध्याले गर्नुभएको थियो ।

 

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार १६:५६