गौरवमय इतिहासको चस्माबाट मैले चिहाएको नेबिसङ्घको बर्तमान

विद्यार्थी सङ्गठन क्रान्ती र आन्दोलनका बहाक मात्र होइनन सिर्जनाका घोतक पनि हुन।राजनितीको कठिन कालखण्डमा जन्मिएर अत्यन्तै प्रतिकुलताका बाब्जुत नेपाल विद्यार्थी सङ्घले लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चामा रहेर गौरवमय क्रान्तिकारी ईतिहास तयार गरेको छ।नेपाली बिद्यार्थीहरुले प्रत्येक लोकतान्त्रिक आन्दोनमा अग्रिम पङ्तिमा रहेर दिएको बलिदान बिश्वकै विद्यार्थीहरुका लागि अनुकरणीय बनेको छ।एस्तो गौरवशाली इतिहासको नेतृत्व नेपाल विद्यार्थी संघले गरेको छ।बिद्यार्थीहरु ईतिहास रट्ने मात्र होइनन रचयिता पनि हुन भन्ने प्रमाण तमाम आन्दोलन र उपलब्धिहरुले दिएकै छ। तसर्थ राजनैतिक शुन्यताको पोखरीमा नेबिसङ्घले आफ्नो क्रियाकलापबाट राजनैतिक तरङ्ग सिर्जना गरेर नेपाली काङ्ग्रेसले बालेको लोकतन्त्रको दियोलाइ सदैव उर्जा थपिरह्यो।

राजनैतिक स्वतन्त्रता र जनाधिकारको एजेन्डा उठाउने बेलामा नै राजनैतिक दलहरुलाइ प्रायः कमजोर ठानिएको थियो।त्यस्तो स्थितिमा जनाधिकार र राजनैतिक स्वतन्त्रताको झन्डा नेपाल विद्यार्थी सङ्घले उठाएको थियो।प्रजातन्त्रप्रतिको प्रतिकुलतामा समेत रत्तिभर बिचलित नभइ प्रजातान्त्रिक आन्दोलनको स्पिडलाइ बढाउनु निश्चयनै चुनौतिको बिषय थियो।यो क्रान्ती गाथाको निर्माणार्थ हरेक चुनौतिहरुमा संघर्षका लगाम लिएर प्रजातन्त्रका प्रती रगत र पसिना बगाउने,वलिदानी दिने,हजारौ अन्धा अपाङ्ग र घाइते प्रती हामीले असिमित श्रद्दा अर्पण गर्नैपर्छ।

अहिले नेपाल कम्न्युस्ट पार्टीको बलियो दुइतिहाइ मत प्राप्त सरकार छ।सरकारको समृद्द नेपाल(सुखी नेपाली भन्ने नारा नारामा मात्रै सिमित छ । चारैतिर सरकार प्रती चरम निराशा र बितृष्णा छ।सरकारको एतिछिटो बिकल्प जनताले खोज्नुपर्ने नियती सरकारमा बस्नेहरुकै कारणले भएको छ।अझ भन्नुपर्दा जुन आदर्शका साथ प्रजातान्त्रिक आन्दोलनको सुरुवात भयो,आज तिनै आदर्शमाथी सरकार संबेदनहिन देखिएको छ । हाम्रा आदर्श हाम्रा गौरव हुन। राष्ट्रियता,प्रजातन्त्र,समाजवाद देखि लिएर प्रत्यक्ष जनजिविकाका सबालमा एति छिटो अभुतपुर्व सङ्कट खडा हुनु आपत्तिको बिषय हो।

परिवर्तित परिस्थितिमा नेपाल विद्यार्थी सङ्घले स्वतन्त्रता, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद,शिक्षा,पराराष्ट्र नीति,भ्रष्टचार,सामाजिक सुरक्षा आदि बिषयमा आफनो दृष्टिकोण र प्रष्ट भिजन दिन सक्नुपर्छ। स्वतन्त्रताको नाउमा आफैलाइ अहित हुने कार्य गर्न मानिसलाइ छुट छैन।सामाजिक र राज्यका विभिन्न नियम र बन्धनहरुले गर्दा ब्यक्तिको अन्तरनिहित क्षमता र प्रतिभा कुन्ठित हुनु हुदैन।राज्यले ब्यक्तिमाथि नियन्त्रण राख्न मिल्दैन।राज्यले सकेसम्म कम भन्दा कम हस्तक्षेप गर्नुपर्दछ । कुनै ब्यक्तिले अरुको अधिकारलाइ हनन गर्ने अवस्थामा मात्र ब्यक्ती माथि राज्यले हस्तक्षेप गर्नुपर्छ । राज्यले शक्तिको प्रयोग खाली कसैलाइ हानी पुर्याउने कामबाट रोक्ने उद्देश्यले मात्र गर्नुपर्दछ । राष्ट्रियताका सबालमा पनि नेबिसङ्घ प्रस्ट छ,राष्ट्रियता राजनैतिक फाइदा बेफाइदाको कडि होइन,दलिय स्वार्थभन्दा माथी रहेर देश र जनताका हितमा रहने भावनात्मक एकता हो।तसर्थ हाम्रो अक्षुण्ण नेपाली स्वाभिमानले गर्वको अनुभुत गराउछ,एहि नै हो हाम्रो राष्ट्रियता।हामी एहि गर्वानुभुतिमा टेकेर अहिलेको सरकारलाइ मुलुक समृद्द बनाउन बारबार खबरदारी गर्नुपर्ने आबश्यकता बोध पक्कै गर्नैपर्छ।अहिले प्रजातन्त्रको आकाशमाथी कालो बादल मडारिहकेको छ,जनाधिकार सुनिश्चित गर्ने दिशामा मुलुक अगाडि बढ्नुपर्ने हो।एसका निमित्त नेपालीको मनोबिज्ञानिक सोचाइ,सस्कार,व्यवहार आदिमा क्रमशः परिवर्तन ल्याइदै प्रजातन्त्रलाइ राजनैतिक रुपमा मात्र होइन कि जीवन पद्दतिकै अभिन्न अङ्गका रुपमा बिकास गराउन विशेष अग्रसरता देखाउनुपर्नेछ।

नेपाली विद्यार्थी समाजवादी सिद्दान्त अनुरुप समाजको रुपान्तरण गर्न चाहन्छ । समाजवाद सम्म पुग्न प्रजातान्त्रिक पद्दतिको बाटोबाट सम्भव छ।बिपि कोइरालाको भन्नुहुन्थ्यो,समाजवाद भबिष्यको लहर हो।यसर्थ नेपाल विद्यार्थी सङ्घले समाजवादी यात्राको नबीनतम सोच के हुन सक्छरुएसबारे प्रस्ट हुनुपर्दछ।शिक्षाको सन्दर्भमा पनि एउटै मात्र सङ्कल्प पूरा गर्न तर्फ विद्यार्थी आन्दोलन अगाडि बढ्नुपर्छ।सार्वजनिक शिक्षाको गुणस्तर बृद्दी र निजि शिक्षालाइ राज्यको कानुनी दायरामा ल्याइ नियमन,मुल्याङ्कन र व्यवस्थापनमा ध्यान पुर्याउनु पर्दछ भन्ने बिषयमा गम्भिरतापुर्वक उभुनैपर्छ ।

जहासम्म यो सरकार बनेपछी परराष्ट्र नितिको बारेमा निकै आलोचनाहरु बाहिरिएका छ्न।नेबिसङ्घका साथीहरु छिमेकि राष्ट्रहरुका हितमा प्रतिकुल नहुने गरि अधिकतम राष्ट्रिय हित अनुकुलको पराराष्ट्र नीति बन्नुपर्दछ भन्ने बिषयमा सचेत हुनुपर्छ । नेपाल छिमेकीका बिषयमा असंलग्न छ र दलिय स्वार्थवाट माथि उठेर स्थिर र साझा परराष्ट्र नीति हुनुपर्छ भन्ने बिसयमा नेबिसङ्घ दृढसङ्कल्पित बन्नैपर्छ।

अहिलेको यो परिस्थितिमा सबैखाले समाजमा एउटा एउटा घटनाहरु घट्दै गइरहेको र सामाजिक सुरक्षामा खलल पुगेको हामी महसुस गरिरहेका छौ।निर्मला हत्याकाण्ड देखि सबैखाले हत्याकाण्डहरु मानवता बिरोधी हर्कत हो । यो बिषयमा पनि नेबिसङ्घ प्रस्ट छ,राज्यले सबैखाले सामाजिक सुरक्षाको जिम्मेवारी लिनुपर्दछ । तुलनात्मक रुपमा सक्षमहरुलाइ उनिहरुको उन्नती र प्रगतिको सहयोगी र अन्य सबैका लागि अभिबाबकको भुमिकामा रहनुपर्छ। तर नेबिसङ्घलाइ लागेको छ,सरकार कतै एसबाट भागेको त छैनरुएसका मानेमा नेबिसङ्घले सकारात्मक पहलकद्मी भने गर्नैपर्छ।

नेपालमा भ्रष्टाचार मौलाएकै छ।पछिल्लो समयमा वाइडवडि खरिदबिक्री देखि लिएर देखिएका अनेकौ अनिमियतताको बिषयमा नेबिसङ्घ मौन बस्नु हुदैन ।अझ भन्नू पर्दा भ्रष्टचार मुक्त नेपाल बनाउन नेबिसङ्घ कस्सिनुपर्छ।देशलाइ समृद्द बनाउन भ्रष्टाचार अन्त्य र शुसासन स्थापनाका निमित्त अब अन्तिम लडाइ लड्नैपर्छ । आर्थिक रुपमा घुस लिनु दिनु भ्रष्टाचार होइन,यो त भ्रष्ट आचरणको एउटा प्रतिबिम्ब हो । मानिसका निम्ति बाध्यकारी नियम अन्तिम समधान होइन।यसमा निमित्त सबैको चिन्तन,सोच,मानसिकता र आचरणमा परिवर्तन ल्याउन एउटा महाभियानको घोषणा गर्नैपर्छ।

र अन्त्यमा,तमाम तथ्यहरुका आधारमा यी बाहेक नेपाल विद्यार्थी सङ्घलाई अन्यहरु सर्तहरु मान्य हुनेछैनन।नेबिसङ्घलाई नेतृत्वविहिनताको स्थितिबाट जोगाऔं,नवीन बिचार र सङ्कल्पहरुका साथ बिद्यार्थीहरु माझ जाऔं भन्ने अभिब्यक्ती हामी सबैको हुनुपर्छ।नेबिसङ्घले छिट्टै नेतृत्व प्राप्त गरोस,लोकतन्त्रमाथिको अभुतपुर्व सङ्कटलाइ चिर्न र नया शिराबाट अगाडि बढ्न नया ताकत र आत्मबिश्वास पैदा होस,शुभकामना ! !

 

जय नेपाल !

प्रकाशित मिति २७ भाद्र २०७६, शुक्रबार १७:३९