बिहादी पुगेर नेता जोशीले भने– ‘सरकारका कारण मुलुकमा बेतिथी, भष्ट्राचार, बलात्कार महँगी मौलाउँदै गएको छ’

साजन परियार–असोज १, पर्वत । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बुधवार पवतको बिहादी गाउँपालिका–४ वहाकीमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पूर्व साँसद अर्जुनप्रसाद जोशीले काँग्रेसको दोस्रो चरणको जागरण अभियानले नेता कार्यकर्तामा उत्साह थपेको बताउनु भयो । उहाँले एउटा चुनाव हादैमा काँग्रेस आत्तिहाल्नु पर्ने अवस्था सिर्जना नभएको बताउँदै कम्युनिष्ठहरुले निरन्तर शासन गर्न नसक्ने जिकिर गर्नुभयो ।

कम्युनिष्ठहरुले बन्दुक र हिँसाको भरमा शासन गरेपनि जनताको मनमा कदापी राज गर्न नसक्ने ठोक्कुवा गर्नुभयो । नेता जोशीले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भयो । जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भयो । सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको बरु भ्रष्टाचार बढेको उहाँको आरोप छ । दुई तिहाई मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसके उनले आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारका कामले नागरिक लज्जित भएको बताउँनु भयो । मुलुकमा बेतिथी, भष्ट्राचार, बलात्कार महँगी मौलाउँदै गएको प्रति आक्रोश व्यक्त गदै नेता जोशीले सरकारले जनतालाई दुःख बाहेक केही गर्न नसकेको बताउनु भयो । अन्यायमा परेका जनतालाई सरकारवाट न्याय पाउने आश मारिसकेको बताउँदै काँग्रेसले सजक भई नेपाली जनताको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले कम्युनिष्ठले सरकारले जनतालाई सपनामात्र देखाएको बताएँदै बढ्दो मँहङगी, हत्या हिंसा र बलात्कारका घटनामा सरकारले ध्यान नदिएको बताउनु भयो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधी मेखलाल श्रेष्ठ, प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिकाकी उपप्रमुख सिताकाफ्ले लामिछाने, महाधिवेशन प्रतिनिधी मुना भुषाल, मोहन गुरुङ, पैयु गाउँपालिकी उपाध्याक्ष जसमती गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधी रेखा गुरुङ, नेपाली काँग्रेसका नेता राम शर्मा, नेपाली काँग्रेस पवतका जिल्ला सदस्य अशोक उचै ठकुरी, महाशिला गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी उज्जवल गुरुङ, नेपाली काँग्रेसका आमन्त्रित सदस्य प्रमोद पाण्डे, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, विहादी गाउँपालिका वडा अध्यक्ष भिम श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा युवराज भुषाल, नामदेव भुषाल, काशीराम भुषाल, सरोज भुषाल, रामप्रसाद पराजुली, झिल्लुराम न्यौपाने र नारायण भुषाल लगायतले सुझाव राखेका थिए । प्रदेश सभा खका सभापति क्याप्टेन धनवहादुर थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विष्णु भुषालले गर्नुभएको थियो ।

 

प्रकाशित मिति १ आश्विन २०७६, बुधबार १७:२५