तरुण दल बिहादीको अध्यक्षमा नविन गुरुङ

साजन परियार असोज १, पर्वत । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल बिहादी गाउँपालिको प्रथम अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा नविन गुरुङलाई सर्वसम्मत रुपले चयन गरेको छ । समितिको उपाध्याक्षमा जीवन थापा र पदमवहादुर कुवँर चयन हुनुभएको छ ।

समितिले सचिवमा गंगावहादुर श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै अधिवेशनले सदस्यहरुमा चेतनाथ सिलवाल, दिपक नेपाली, तोयानाथ पौडेल, अर्जुन न्यौपाने, कुमार थापा, लेखनाथ भट्टराई, ठाकुर गुरुङ, माया भुषाल र अमृत भुषाल चयन हुनुभएको नेपाल तरुण दल पर्वतका जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । निर्वाचन मण्डलमा समेत रहेका गुरुङको पहलमा सर्वसम्र्मत नेतृत्व चयन भएको थियो । व्यवस्थापकिय भूमिका समेत निभाएका गुरुङले तरुण दल गठनले विहादीको काँग्रेसलाई थप मजबुत बनाएको दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्जुनप्रसाद जोशीले तरुण दल पार्टी अप्ठ्यारोमा पर्दा भरोसाको संगठन भएको जिकिर गदै पार्टी बनाउन तरुणहरु लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, केन्द्रिय प्रतिनिधी मेखलाल श्रेष्ठ, प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिकाकी उपप्रमुख सिताकाफ्ले लामिछाने, महाधिवेशन प्रतिनिधी मुना भुषाल, मोहन गुरुङ, पैयु गाउँपालिकी उपाध्याक्ष जसमती गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधी रेखा गुरुङ, नेपाली काँग्रेसका नेता राम शर्मा, नेपाली काँग्रेस पवतका जिल्ला सदस्य अशोक उचै ठकुरी, महाशिला गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी उज्जवल गुरुङ, नेपाली काँग्रेसका आमन्त्रित सदस्य प्रमोद पाण्डे, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी,कार्यक्रममा नेपाली काँग्रेसका प्रवावशाली युवा नेता प्रविन गुरुङ  लगायतले बोल्नुभएको थियो । नेपाल तरुण दल पर्वतका जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाल तरुण दल पर्वतका जिल्ला सदस्य सन्तोष हमालले गर्नुभएको थियो ।

प्रकाशित मिति १ आश्विन २०७६, बुधबार १७:३०