बाच्छावासीद्धारा क्यान्सर पीडित परियारलाई ६४ हजार सहयोग

नेपाली आवाज । पर्वतको कुश्मा नगरपालिका–४ का क्यान्सर पीडित मिन परियारको उपचारका लागि आर्थिक सहयोग जुट्दै गएको छ । विभिन्न व्यक्ति र संघसंस्थाहरुले उनको उपचारको लागि सहयोग स्वरुप नगद प्रदान गरिरहेका छन् । यसैविच स्टार ग्रुपमा आवद्ध युवाहरुको सक्रियतामा बिहादी गाउँपालिका–१ बाच्छाका स्थानीय जनसमुदायहरुले ६४ हजार रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले पीडितको घरमा पुगेर आमा तुलसी परियारलाई रकम हस्तान्तरण गरेका हुन् ।

रकम प्रश्चात टेलिफोनमा कुराकानी गदै पीडित परियारले बाच्छावासीले गरेको सहयोगले हौसला थपेको बताए । विभिन्न संघसंस्था व्यक्तिहरुले सहयोग गर्नुभएको खुशी व्यक्त गदै आफु बाँच्न चाहेको र बचाउन सवैलाई आग्रह गर्नुभयो । साथै उपचारमा करोडौँ रकम खर्च भएको र थप रकम आवश्यक परेको हुँदा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति ५ आश्विन २०७६, आईतवार १७:०४