Untitled

नेपाली आवाज । नेपाली काँग्रेसको गत भदौ २५ गतेदेखी शुरु गरेको ‘हिमाल, पहाड, तपाई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणको कार्यक्रम पर्वतमा सम्पन्न भएको छ । समापन अवसरमा नेपाली काँग्रेसमा आस्थावान ६१ वडाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमको अवसरमा बजारभरि ¥याली गर्दै कोणसभा गरिएको थियो ।
सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले कम्युनिष्ठ सरकारको रवैया नेपाली जनतालाई थाहा भईसकेको बताउनु भएको छ । उहाँले सरकारले समृद्धिका लागि मिठामिठा गफ दिएको तर सरकार गठन भएको डेढ बर्षसम्म पनि कुनै काम गर्न नसकेको हुँदा जनताले यो सरकारले काम गर्देन गर्ने कुराको छनक पाईसकेको बताउनुभयो ।

जोशीले भन्नुभयो,‘कम्युनिष्ठको सरकार आएपछि चेलीहरु सुरक्षित होलान, युवा विदेश जान नपर्ला, गाडीमा हिँड्न पनी नपार्ला रेलमा चड्ने छौँ भन्ने जनताले सोचेका थिए,‘ जोशीले भन्नुभयो,‘पानी जहाज र रेलका सपना देखेका जनताले अहिले उल्टै करको मार बाहेक यो सरकारबाट केहि पाउन सकेनन् । नेपाली काँग्रेसले जनतालाई परेको पीरमर्का सडक र सदनबाट उठाईरहेको जोशीले बताउनुभयो । राष्ट्रियताको नारा लगाएर चुनाव जितेको कम्यूनिष्ट सरकारले अहिले राष्ट्रियता बेचेर खाएको बताउनुभयो ।

नेता जोशीले भन्नुभयो,‘ समृद्धि भजन गाएजस्तो सजिलो छैन । अहिले राज्यमा भएका कलकारखाना बन्द हुँदै गएका छन्, बैदेशिक लगानी गर्ने वातावरण बिग्रिएको छ, मंहगी बढ्दै गएको छ, भष्ट्रचारले सीमा नाघेको छ । गरिव निमूखाले न्याय पाउनुपर्छ, भष्ट्रचारीलाई कारवाहि गर्नुपर्छ, अधिनायकबाद बाट मुलुकलाई जोगाउनुपर्छ भनेर काँग्रेसले जागरण अभियान चलाएको केन्द्रिय सदस्य जोशीले बताउनुभयो । उहाँले कम्म्यूनिष्टले देश बनाउने कुरा जनताले कुनै हालतमा नपत्याउने ठोकुवा गर्नुभयो ।

नेपाली काँग्रेस पर्वतका पूर्व सभापति एवम् प्रतिनिधी सभाका साँसद लालकाजी गुरुङले नेपाली काँग्रेसको जागरण अभियानले पार्टिलाई बलियो बनाएको बताउनुभयो । गुरुङले विगतमा काँग्रेसले ल्याएको लोकतन्त्र अहिले अपहरण हुँदै गएकाले काँग्रेसले खबरदारीका लागि अभियान चलाएको बताउनुभयो । कार्यक्रममा केन्द्रिय प्रतिनिधी एवम् पूर्व राज्य मन्त्री चम्पादेवी खड्का र केन्द्रिय प्रतिनिधी मेखलाल श्रेष्ठले नेपाली काँग्रेस जागरण अभियानले सांगठनिक रुपमा बलियो बनेको बताउनुभयो । दुबै प्रदेश क्षेत्रबाट कार्यकर्ताहरुबाट आएका सुझावलाई केन्द्रिय समितिमा पुराएर पार्टिले गम्भिर रुपमा समिक्षा गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदए एवम् वीपी स्मृती भवन निर्माणका उपसंयोजक गंगाधर तिवारी र महाधिवेशन प्रतिनिधी सनम बेगमले बोल्नुभएको थियो । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको कार्यक्रममा धन्यवाद मन्तव्य पार्टि उपसभापति दुर्गाबहादुर खत्रीले व्यक्त गर्नुभयो । कार्यक्रमको स्वागत क्याप्टेन धनवहादुर थापाले गर्नुभएको थियो कार्यक्रमको सञ्चालन पार्टि सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।

प्रकाशित मिति ७ आश्विन २०७६, मंगलवार १५:१६