वी.पी स्मृति भवन निर्माणमा थप सहयोग : हालसम्म ७८ लाख रकम संकलन

नेपाली आवाज । नेपाली काँग्रेस पर्वतले निर्माण गर्न लागेको वी.पी स्मृति भवनका लागि सहयोग गर्नेहरुको लर्को लाग्न थालेको छ । आर्थिक संयोजक गंगाधर तिवारीले दिएको जानकारी अनुसार मंगलवार प्रदेश साँसद एवम् पूर्व महाधिवेशन प्रतिनिधी ललितकला गुरुङले साँसद विकास कोषवाट ५ लाख र व्यक्तिगत तर्फवाट ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने हुनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्माले १ लाख ५१ हजार ५ सय ५५, फलेवास नगरपालिकाकी उपप्रमुखकी प्रत्यासी रेखा गुरुङले १ लाख ११ हजार १ सय ११, कुश्मा नगरपालिका–३ दुर्लुङका वडा अध्यक्षका प्रत्यासी कृष्णप्र्रसाद उपाध्यायले १ लाख ११ हजार १ सय ११, नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति क्याप्टेन धनवहादुर थापाले ५१ हजार, नेपाली काँग्रेस पर्वतका सदस्य अञ्जली शर्माले २५ हजार ५ सय ५५ र फलेवास नगरपालिका–३ शंकरपोखरीका यज्ञवहादुर थापाले २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषण प्रतिवद्धता व्यक्त गरेको आर्थिकसमितिका संयोजक तिवारीले बताउनु भयो ।

करिव २ करोड खर्च लाग्ने अनुमान गरिएको विपी स्मृति भवन निर्माणका लागि हालसम्म ७८ लाख भन्दा बढि रकम संकलन भएको प्रचारप्रसार उपसंयोजक राधाकुमारी कुवँर क्षेत्रीले जानकारी दिनुभयो । भवन निर्माणका लागि रकम संकलन अभियान तिव्र रुपमा संचालन भएको बताउँदै यो अभियानमा सक्रिय रुपमा लाग्न सवैलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार ०५:४५