क्यान्सर पीडित परियारलाई पोखरा निवासी देवराज केसीको सहयोग

नेपाली आवाज । पर्वतको कुश्मा नगरपालिका–४ का क्यान्सर पीडित मिन परियारको उपचारका लागि आर्थिक सहयोग जुट्दै गएको छ । विभिन्न व्यक्ति र संघसंस्थाहरुले उनको उपचारको लागि सहयोग स्वरुप नगद प्रदान गरिरहेका छन् । हाल उनलाई पोखरा निवासी एवम् समाजसेवी देवराज केसी पौडेलले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

उपचाररत परियारको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले थोरै भएपािन आर्थिक सहयोग गरेको केसीले बताउनु भयो । पीडित परियारको उपचारमा आर्थिक समस्या भएको खवर सामजिक सञ्जालमा थाहापाएपछि सहयोग गरेको केसीको भनाई छ । परियार हाल काठमाठौ मेडिकल कलेजमा उपचाररत छन् । उनको उपचारका लागि करोडौँ रकम आवश्यक पर्ने देखिन्छ ।

पीडित परियारले आफु बाँच्न चाहेको र बचाउन सवैलाई आग्रह गर्नुभयो । साथै उपचारमा करोडौँ रकम खर्च भएको र थप रकम आवश्यक परेको हुँदा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार ०६:१६