फो स्टार ग्रुपद्धारा नौमती बाजा वितरण

नेपाली आवाज ।  सामजिक कार्य गर्ने उद्देश्यले सामजिक संजाल फेसबुक मार्फत स्थापित फो स्टार ग्रुप यतिबेला नौमती बाजा संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्दै गएको परम्परागत नौमती वाजालाई जोगाउन फो स्टार ग्रुपले फलेवास नगरपालिका–११ पाङराङको मोदी बाजा समूहलाई नौमती बाजा प्रदान गरेको हो ।

नौमती वाजाको संरक्षणवाट वडामा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास लिएका वडा अध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’ले जानकारी दिनुभयो । उहाँले नेपाली कला, सस्कृती र प्राकृतीक दृष्यहरु हेर्नका लागी विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन् । विशेषगरी नौमती वाजाको धून पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमती वाजा वजाउने गरिन्छ । नौमती वाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष सुनारले बताउनु भयो ।  ‘कला र सस्कृतीको संरक्षणले समृद्ध वडा निर्माणमा टेवा पुग्ने छ’– वडाअध्यक्ष सुनारले भन्नुभयो ।

कार्यक्रममा गु्रपका संयोजक राजुजङ्ग कुवँरले प्रदेशमा रहेरपनि आफ्नो गाउँठाउँको सामाजिक कार्यसंगै संस्कार संस्कृतिको विकास र उत्थानमा हरपल आफ्नो ग्रुप लागिपर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्द मावि व्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद पाठक, नेपाल शिक्षक संघ पर्वतका पुर्ब उपाअध्यक्ष कृष्णा पाठक नेपाली काँग्रेसका जिल्ला सदस्य मान वहादुर भुषाल, नेकपा वडा कमिटीका अध्यक्ष तुलसी कुँवर नेपाली काँग्रे्रेस जिल्ला सदस्य माया पाठक, नेपाल तरुण दल फलेबास न.पा. उपाध्यक्ष वडा सदस्य टेक वहादुर पाठक लगायतले वोलेका थिए ।

फोर स्टार ग्रुपका कार्यकारी सदस्य आत्माराम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका सदस्य राजु उप्रेतीको शुभकामना मन्तव्य र गुप्रका सल्लाहकार सन्तोष पाठकले गरेका थिए ।

प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १६:३६