काँग्रेस नेता गंगाधर तिवारी भन्छन् ‘अबको चुनावमा पहिलो हुने गरी पर्वत कांग्रेस सक्रिय हुन्छ’

पर्वत–पार्टीमा एकताको सन्देश दिन नेपाली काँग्रेस फलेवास नगरपालिकाले नगरका ११ वटै वडामा क्रमश शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विजयदशमी तथा शुभ दिपावली, छठ पर्व र माघे संक्रन्तीको उपलक्ष्यमा नेपाली काँग्रेस फलेवास नगरपालिकाले सोमवार फलेवास नगरपालिका–२ थापाठानामा र बुधवार नगरपालिका–५ खानीगाउँमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

पार्टीमा एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस फलेवास नगरपालिका सभापति हिरामणि सापकोटाले जानकारी दिए । ११ वटै वडामा संचालन हुने कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् फलेवास नगरपालिकाका मेयरका प्रत्यासी गंगाधर तिवारीले सम्बोधन गर्ने उनले बताए । यसैविच खानीगाउँमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले पार्टीमा एकताको खाँचो रहेको औल्याउनु भयो ।

नेता तिवारीले बृहत धु्रवीकरण मार्फत एउटै काँग्रेस बनाउन आफुले पहल गरिरहेकोे उल्लेखे गरे । ‘विगतमा कसले के गल्ती ग¥यो छाड्नुहोस्, मेरो तर्र्फवाट गल्ती भएको भए मैले दुई हात जोडेर माफी माग्छु । अव संगठन विस्तारमा लाग्यौँ । काँग्रेसका भातृ संघसंगठनलाई बलियो बनाउन लाग्यौँ– तिवारीले भने, ।’ मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टीमा एकताको खाँचो रहेको बताउँदै नेता तिवारीले संगठन विस्तार र पार्टी एकताको सन्देश दिन आफुले वडा वडामा कार्यक्रम संचालन गरेको बताए ।

काँग्रेसमा अन्य पार्टीको जस्तो गुटबन्दी नभएको जिकिर गदै तिवारीले पार्टीमा भएका सानोतिनो  गुटबन्दी अन्त्य गर्न आग्रह गर्दै अबको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुने प्रतिबद्धता पनि जनाए । अव हामी सवै एक भएर जनताको बीचमा जानेछौं, अबको चुनावमा पहिलो हुने गरी ब पर्वत कांग्रेस सक्रिय हुन्छ ।’ पार्टीले पाँच बर्ष फलेवास नगरपालिकाको जिम्मा आफुलाई दिएको दावी गदै फलेवास नगरपालिकावाट पार्टी एकताको सन्देश दिने उद्घोष गरे ।

फलेवास नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेका तिवारीले फलेवास नगरपालिकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भयो । साढे दुई बर्ष वितिसक्दा पनि नगरपालिकाले गति लिन नसकेकोमा आक्रोश व्यक्त गदै नेता तिवारीले जनतालाई करको भारि बोकाएर मेयर विलासी जिवन विताएको आरोप लगाए । फलेवास नगरपालिका विकासका सम्भावनाले निकै भरिपूर्ण रहेको बताउँदै काँग्रेस पनि नगरको विकासमा सहकार्य गर्न चाहेको बताए । गाउँगाउँलाई जोडेर नगरपालिका बनाउन नेपाली काँग्रेसको अह्म भूमिका रहेको बताउँदै नगरको विकासका लागि काँग्रेसले सँधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तिजवहादुर सुनार शेरवहादुर, राष्ट्रिय सभाका प्रत्यासी जितवहादुर नेपाली, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्याक्ष याम पि भुषाल, पर्वत–काठमाडौँ सम्पर्क समितिका सभापति ओम शर्मा चपागाई, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य शिवप्रसाद सुवेदी, नेपाली काँग्रेस प्रदेश सभा ख का कोषाध्याक्ष गंगा भुषाल, फलेवास नगरपालिका–५ खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेल, नेपाली काँग्रेस फलेवास नगरपालिका–१० कुर्घाका सभापति अमरवहादुर क्षेत्री, मुडिकुवा रेडक्रस उपशाखाका सभापति लिलाधर गौडेल, लिमिठानका मा.विका प्रधानाध्यापक यमप्रसाद शर्मा, नेपाली काँग्रेस खानीगाउँका पार्टी सचिव भिमवहादुर क्षेत्री लम्साल, पर्वत–काठमाडौँ सम्पर्क समितिका सल्लाहकार बालचन्द्र शर्मा, पर्वत–काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष जिवन भुषाल क्षेत्री, नेपाल शिक्षक संघका पूर्व क्षेत्रिय अध्यक्ष मेघनाथ लम्साल, शंकरपोखरीकी वडा सदस्य निर्मलाकुमारी रेग्मी, नेपाल दलित संघका सभापति याम परियार शिव, नेपाल शिक्षक संघका प्रतिनिधी इन्द्र पोखरेल, नेपाल शिक्षक संघका पूर्व क्षेत्रिय सचिव धनवहादुर थापा, प्रेश युनिय पर्वतका सचिव एवम पत्रकार साजन परियार, प्रेश युनियका केन्द्रिय सदस्य अगन्धर तिवारी, जन प्रशासन क्याम्पसका स्ववियु सभापति पंकज सुवेदी,  नेपाल तरुण दल फलेवास नगरपालिका उपाध्याक्ष सरोज खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस फलेवास नगरपालिका सभापति हिरामणि सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिका ४ का सभापति पुनाखर गौँडेलले स्वागत गर्नुभयो भने कार्यक्रमको सञ्चालन फलेवास ३ का सभापति अर्जुनबहादुर कार्किले गर्नुभएको थियो ।

 

प्रकाशित मिति १५ आश्विन २०७६, बुधबार १८:०१