Untitled

पर्वत–गैर आवसिय नेपाली संघ (एनआरएनए)को ९ औँ अधिवेशनको मतदाता प्रथम नामवली प्रकाशितमा अवैध नामवली भेट्टिएको छ । अवैध नामवली भेट्टिएपछि एनआरएनए कर्मीले असन्तुष्टि जनाएका छन् ।

एनआरएनए कर्मीले मतदाता गर्दा अनिवार्य परिचय पत्र दखाई मताधिकार प्रदान गर्न माग गरेका छन् । एनआरएनए आईसीसी सदस्य सुभाष जोशीले सामजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै नामवली प्रकाशितमा आशंका देखिएको भन्दै निपष्क्ष छानविन गर्न माग गर्नुभएको छ । गैर राजनिति संस्था भएकाले  स्वच्छ मताधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्दै जोशीले मतदाता नामावलीलाई निष्पक्ष र स्वस्च्छ बनाउनुपर्ने माग गर्नुभएको हो ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको मतदाता नामावलीमा अवैध नामावली भेट्टिएको भन्दै एनआरएनएकर्मीहरुले तत्काल सच्चाउन माग गरेका छन् । मतदाता नामवलीमा धाँधली भएको भन्दै एनआरएनएकर्मीहरुले छावविन गर्नुपर्ने बताएका छन् । निर्वाचनमा हार निश्चित भएको भन्दै केही समूहले धाँदली गर्न खोजेको एनआरएनएकर्मीहरुको आरोप छ । राजनधाानीमा सुरु एनआरएनए को सम्मेलनको. आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

उद्घाटन शत्र पश्चात एनआरएनएको प्रथम नामवली प्रकाशित भएको छ । निवाचन समितिले मतदाता नामावली प्रकाशित गरेको मतदाता नामावलीमा अवैध नामावली भेट्टिएको भन्दै एनआरएनए कर्मीहरुले तत्काल सच्चाउन माग गरेका छन् ।  बुधवार हुने निर्वाचनका लागि अध्यक्ष पदमा द्धय निवर्तमान बरिष्ठ उपाध्याक्ष कुमार पन्त र अर्का उपाध्याक्ष कुल आचार्यले उम्मेदावारी  घोषणा गरेका छन्  ।

प्रकाशित मिति २८ आश्विन २०७६, मंगलवार १६:१४