विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको शुभकामना आदानप्रदान तथा सष्ट्रा सम्मान सम्पन्न

पर्वत । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान शुभकामना आदानप्रदान तथा सष्ट्रा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिहारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बेलायत निवासी दुईजना सष्ट्रा सम्मानित भएको आयोजकले जनाएको छ । बेलायतमा रहेर नेपाली भाषा,कला साहित्य र संस्कृतिको जगेर्ना गरेको भन्दै  साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत(युरोप च्याप्टर)की महासचिव मन्जु भण्डारी र प्रतिष्ठानका सदस्य विदुर सिटौला सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व मन्त्री हरिप्रसाद न्यौपानेले बिदेशमा बसेर आफ्नो भाषा,साहित्यलाई जगेर्ना गर्न सांगठनिक र व्याक्तिगत रूपमा लागि परेका स्रष्टाहरूलाई संस्थाले सम्मान गरेर उदाहरणिय कार्य गरेको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईले संस्थाको गतिविधिबारे प्रकाश पार्दैै बेलायतमा नेपाली डायस्पोरामा नयाँ पिंढीलाई भाषा हस्तान्तरण गर्ने सर्जकहरू लागिपरेका बताउनु भयो । उहाँले  नेपाली कला साहित्यलाई अन्तराष्ट्रियस्तरमा पु¥याउन योगदान गरेको भन्दै  दुईजना स्रष्टालाई सम्मान गरेको बताउनु भयो ।

बिशेष अतिथि  एवम् बरिष्ठ कलाकार मदनदाश श्रेष्ठले  सम्मानित स्रष्टालाई बधाई दिंदै भाषा साहित्यको अनुरागले आफुलाई संधै तानिरहने र संसारमा जहाँं पुगे पनि नेपालीहरूले नेपाल प्रति गरेको प्रेम देखेर आफु भावुक भएको बताउनु भयो । अर्का बिशेष अतिथि प्रा. डाक्टर पारसमणि भण्डारीले आफ्नो माटोको सुवास र भाषालाई मुटुमा बोकेर हिंड्ने साथीहरूको कदर गरेर यो संस्था अनुकरणीय कार्य गरेको बताउनु भयो ।

यसैगरि शिवराम राजवंशीले  साहित्य संस्कृतिको उत्थानमा  आफु सदैव लागिरहने प्रण गर्दै श्रष्टाहरूलाई  यथासक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानकी बरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानितहरुमा अझ नयाँ उर्जा थपियोस्  भन्दै निरन्तर भाषाको समृद्धिमा  लगिरहन शुभकामना दिनुभयो । नोबेल साकोस प्रतिष्ठानका संयोजक राजन न्यौपानेले संसारभरिका नेपालीहरूलाई जोड्ने हाम्रो भाषा र साहित्य यसरी सबल भएको देखेर खुशी लागेको बताउनु भयो । सम्मानित स्रष्टा मन्जु भण्डारीले सम्मानित हुँदा आफुलाई थप जिम्मेवारी थपिएको बताउनु भयो ।

सम्मानित अर्का स्रष्टा विदुरकान्त सिटौलाले पनि भाषा र साहित्यका लागि आफु निरन्तर लाग्न सम्मान कार्यक्रमले उर्जा थपेको बताउनु भयो । कार्यक्रमको आरम्भमा संस्थाका सल्लाहकार एवम पत्रकार लक्ष्मीप्रसाद प्रसाईले आफ्नो सारगर्भित भनाई सहित उपस्थित सबैलाई हार्दिक स्वागत गर्नु भयो । कार्यक्रममा गोरखापत्र संस्थानका पू्र्व नायव महाप्रबन्धक भरत प्रसाई, नोबेल साकोस प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, संस्थाका सल्लाहकार किशोर उप्रेती,संस्थाका सल्लाहकार एवम साहित्यकार बाबा बस्नेत, जेष्ठ नागरिक समाज वडानं२९ का अध्यक्ष ध्रुब केसी, घट्टेकुलो विकास समाजका संस्थापक ध्रुब प्रसाई, पत्रकार यज्ञ ढकालको गरिमामय उपस्थिति रहेको थियो।

संस्थाका कार्यसमिति सदस्यहरू राधिका दाहाल एवम कल्पना प्रसाई पाठकले सुन्दर सृजनाहरू वाचन गर्नु भयो । संस्थाका महासचिव पुकार तिमिल्सीनाले कार्यक्रम संचालन गर्नु भएको थियो कार्यसमिति सदस्य तीर्थराज दाहालले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा  कमलराज प्रसाई,दीपक घिमिरे,रामबहादुर घिसिंग,बुद्धिप्रसाद आचार्य, यादृक्षा उप्रेती,चन्द्र थापा,लोकराज जोशी,देवीदाश भट्टराई,श्यामकृष्ण खड्गी,सम्राट न्यौपाने,हर्क गुरूंग लगायतका साहित्य अनुरागीहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति ६ कार्तिक २०७६, बुधबार १६:५३