नेवि संघ खुर्कोटको आयोजनामा  नगरस्तरिय वकृत्वकला प्रतियोगिता सम्पन्न

नेपाली आवाज । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा नगर स्तरिय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा अवस्थित हिमालय माविको पाङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो । शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा ११ जनाको सहभागिता रहेको थियो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिका’विषयमा आयोजित प्रतियोगितामा सहभागिहरुले युवालाई स्वदेशमै रोजगारीको वातावरण सृजना गरि युवाहरुको सिप क्षमता र जाँगरलाई उत्पादन क्षेत्रमा लगाउन जोड दिएका थिए । प्रतियोगितामा नमुना आवसिय मा.विका छात्रा निरुता शर्मा पहिलो, राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवसिय माा.विका छात्रा संरचना शर्मा दोस्रो र विश्वज्योती मा.विका छात्रा नम्रता सुवेदी तेस्रो हुनुभएको छ ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले वतृत्वकला प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिकस्तरलाई उजागर गर्न मद्दत पुग्ने बताउनु भयो । उहाँले युवाहरु देशका मेरुदण्ड भएको बताउँदै युवा विना विकास सम्भावना नभएको जिकिर गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले कुश्मा नगरपालिकाले युवा लक्षित कार्यक्रम संचालन गरेको बताउनु भयो । नगरभित्रका युवाहरुलाई नगरपालिकाले स्वरोजगार बनाउन विभिन्न सिप मुलक कार्यक्रम संचालन गरेको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल काँग्रेस पर्वतकी जिल्ला सदस्य सरस्वती शर्माा ‘जिज्ञासू’, कुश्मा नगरपालिका–२ का वडाध्यक्ष यदुनाथ वास्तोला,  कुश्मा नगपालिका ७ चुवाका वडाध्यक्ष राजकुमार क्षेत्री, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, हिमालय मा.विका प्राचार्य माधवप्रसाद रेग्मी, नेपाल विद्यार्थी संघका उपाध्याक्ष रामचन्द्र पौडेल ‘आरसी’, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार ‘शिव’, नेपाल महिला संघ पर्वतकी सचिव मुना शर्मा लामिछाने, नेपाल विद्यार्थी संघ फलेवास नगरपालिका संयोजक सन्तोष पाठक, नेपाल विद्यार्थी संघ शिलावय बहुमुखी क्याम्पसकी कार्यवाहक अध्यक्ष विपना सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति हिमालय माविका अध्यक्ष विवेक गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सनम अधिकारी र सुमन सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन सचिव नोदराज रेग्मी ‘अनिल’ले गर्नुभएको थियो ।

प्रकाशित मिति ६ कार्तिक २०७६, बुधबार १७:०४