नेत्रप्रसाद सुवेदी अक्षय स्मृति कोषवाट फलेवासका ७२ जना विद्यार्थीलाई स्टेशनरी सामग्री

नेपाली आवाज । स्वर्गिय नेत्रप्रसाद सुवेदी अक्षय स्मृति कोषवाट फलेवासको एक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा अवस्थित गहते अम्बोट आधारभूत विद्यालयका ७२ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।

स्वर्गिय सुवेदीको पुण्य तिथीको अवसर पारेर श्रीमती हरिकला सुवदी, भाई शोभाकर सुवेदी, छोराहरु यामप्रसाद सुवेदी, रविप्रसाद सुवेदी, परशुराम सुवेदी, मधुराम सुवेदी, लकाश सुवेदी र छोरी विष्णु सुवेदी लगायतको टोली विद्यालयमा पुगेर स्टेशनरी सामग्री वितरण गरिएको परिवारले जनाएको छ । साथै परिवारजनले विद्यार्थीलाई प्रसाद स्वरुप खाजा खुवाईएको थियो ।

कार्यक्रममा मुडिकुवाका वडा अध्यक्ष एवम् फलेवास नगरपालिका प्रवक्ता टिकाराम गौडेलले वुवाको स्मृतिमा परिवारले विद्यालयमा स्टेशनरी सामग्ी वितरण गर्नु प्रशंसायिन कार्य भएको बताउनु भयो । उहाँले स्वर्गिय नेत्रप्रसाद सुवेदी सामजिक व्यक्तित्व भएको जिकिर गदै सुवेदीको सपना परिवारले पुरा गर्नेमा आफु विश्वास्त रहेको बताउनु भयो ।

स्वर्गिय नेत्रप्रसाद सुवेदीको निधन २०७४ असोज ३० गते भएको थियो । परिवारले स्वर्गिय सुवेदीको १३ औँ दिनको पु०य तिथीमा ५० हजार बरावरको नेत्रप्रसाद सुवेदी अक्षकोष घोषण गरेको थियो । परिवारले बार्षिक पुण्य तिथीमा ३ जना विरामीलाई आर्थिक सहयोग गरेको छ । परिवारले अक्षकोषलाई थप गदै हाल ७२ हजार पु¥याईसकेको छ भने आगमी दिनमा अक्षकोषलाई थप गदै जाने बताएको छ । उक्त रकम सामजिक सेवा खर्च गरिने छोरा परशुराम सुवेदीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवँरले बुवाकोे पुण्य तिथिमा विद्यालय जस्तो पवित्र थलोमा सहयोग गरेकोमा परिवारजनलाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रमको संचालन शिक्षक मोतीप्रसाद च्वाईले गर्नुभएको थियो ।

यसैविच गहते अम्बोट आधारभूत विद्यालयले संचालन गरेको देउसी भैलो कार्यक्रमको आज तेस्रो दिन ४ लाख ८० हजार रुपैयाँ संकलन भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तिहारको अवसरमा देउसी भैलो वाट रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले जानकारी दिनुभयो । उक्त रकम विद्यालयको हितका लागि खर्च गरिने उनको भनाई छ ।

प्रकाशित मिति ८ कार्तिक २०७६, शुक्रबार १५:२९