फोरस्टार गु्रपद्धारा पीडितलाई आर्थिक सहयोग

साजन परियार, कुश्मा । आफ्नो जन्मभूमि छाडेर प्रवास पुगेका फलेवास नगरपालिका–११ पाङराङका युवाहरुले पछिल्लो समय सामजिक कामप्रति चासो देखाउन थालेका छन् ।

सामजिक सेवा गर्ने उद्देश्यले फेसबुकको माध्यमवाट विभिन्न देशमा रहेका युवाहरुलाई फोरस्टार ग्रुपमा जोडेर उनीहरु सामजिक सेवामा समर्पित हुन थालेका हुन् । उनीहरुले गाउँघरका दुखी पीडितलाई मात्र सहयोग गरेका छैनन् । कला संस्कृतिको जर्गेना पनि गु्रप सक्रिय भएर लागेको छ ।

गु्रपले शनिवार पाङराङ एक पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । मुटुको भल्बमा समस्या भएर मृत्यु भएका भिमवहादुर कुवँरको परिवारलाई ४० हजाार नगद सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका कुवँरको मृत्यु भएको थियो । पीडित परिवारलाई थोरै भएपनि राहात मिलोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ ।

फोरस्टार गु्रपका अभियान्त एवम् सक्रिय सदस्य यमन कुवँरको सक्रियतामा पीडितको घरमा पुगेर स्वर्गिय कुवँरका बुवा मेघराज कुवँरलाई राहात स्वरुप रकम हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा नेकपा कम्युनिष्ट पार्टी नेकपाका नेता भक्त कुवँर, नेपाली काँग्रेस पर्वतका सदस्य मानप्रसाद भुषाल,समुन्द्र श्रेष्ठ, सुर्य कुवँर,जमुना भुषाल,श्री चण्डी श्रीकाङ्गका अध्यक्ष दिनेश कुवँर सदस्य मिलन कुवँर श्रीकाङ्ग युवा क्लवका अध्यक्ष देववहादुर कुवँर लगायतको उपस्थिती रहेको थियो ।

ग्रुपलले यसअघि पनि ग्रुपले पाङराङको मोदी समुहलाई नौमती बाजा हस्तान्तरण गरेको छ । ग्रुपले कला संस्कृतिको जर्गन ागर्न विभिन्न क्लव तथा आमा समुहलाई सहयोग गदै आएको छ ।

प्रकाशित मिति १० कार्तिक २०७६, आईतवार ०७:१२