आबुधाबीमा तीन नेपाली कामदारको मृत्यु

माघ ३, पर्वत । संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीस्थित मोर्डन बिल्डिङ मेन्टेनेन्स कम्पनीमा कार्यरत मिनिबस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली राजदूतावासले जनाए अनुसार चालकसहित २५ जना सवार रहेको उक्त मिनिबसमा १७ जना नेपाली महिला कामदार रहेका थिए । त्यी मध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मिनिबस आबुधाबीको अल राहा रोडमा बिहीबार दुर्घटना भएको थियो । मृत्यु हुनेहरुमा झापा घर भएकी कृष्णमुरारी अधिकारी, प्यूठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान तामाङ रहेका छन् ।

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १६:३९