खुर्कोटमा श्रद्धाञ्जली सभा सम्पन्न

माघ ३, पर्वत । कुश्मा नगरपालिका–२ खुर्कोट निवासी एवम् नेपाली काँग्रेसका क्रियाशिल सदस्य लालकृष्ण पौडेलको निधन भएको १२ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासूले पौडेलको निधनले पार्टीलाई अपूर्णिय क्षती पुगेको बताउनु भयो । पौडेल एक असाध्यै सहयोगी, सामजिक एवम् कर्मठ योद्धा भएको बताउँदै उहाँले पार्टीलाई ठुलो क्षती भएकोमा दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष यदुनाथ बास्तोलाले पौडेलको निधनले वडालाई अपुरणिय क्षति भएको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला सदस्य द्रोणराज उपाध्याय, समाजसेवी कमलराज पौडेल, डिल्लीराम शर्मा र परिवारको तर्फवाट नेत्रनाथ चापागाईले शोक मन्तव्य राख्नुभएको थियो ।

नेपाली काँग्रेस खुर्कोटका सहसंयोजक छत्रराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको शोक सभाको संचालन छत्रराज शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १६:४८