गायक समीपको ‘चल न माया चल’ गितले बजार ततायो – (भिडियो सहित)

माघ ३, पर्वत । गायक तथा सर्जक कृष्ण समीप सुवेदीको ‘चल न माया चल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार गायक समीपको युट्युबमार्फत् गित सार्वजनिक भएको हो । निकै चासोको रुपमा हेरिएको गितले छोटो समयमा दर्शक तथा स्रोतको मन जित्न सफल भएको छ ।

नेपालको सांस्कृतिक विविधतालाई ‘फ्युजन’ गरेर गित तयार पारिएको हो । गीतमा विभिन्न क्षेत्रको सांस्कृतिक परम्परा र परम्परागत शब्दहरुलाई समेट्ने प्रयास गरिएको छ । गीतका शब्द संकलक र संगीतकार गायक समिप नै हुन् ।  यसअघि पनि विभिन्न क्षेत्रमा पुगेर त्यहाँका भाकाहरुलाई फ्युजन गरी आफ्नो एल्बममा प्रस्तुत गर्ने गरेका समीपले यसपटक गीतको बोलमा नै सुदूरपश्चिममा प्रयोग हुने भाषालाई प्रधानता दिएका छन् ।

सुदूरपश्चिम क्षेत्रमा ‘चल न माया चल’ को अर्थ जाउँ न माया जाउँ हुने उनले बताए । थुप्रै चर्चित गीतहरुका सर्जकसमेत रहेका कृष्ण समीपको ‘शिरशिर बतास, मेरो हितैको मायालु कुन्नी कता छ’ गीत अझै पनि धेरैको स्मरणमा रहेको छ । रागा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको चल न माया चल गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ ।

त्यस्तै म्युजिक भिडियोमा सुन्दर र जुना सुन्दासलाई फिचरिङ गरिएको छ भने सन्तोष राजबाहकको निर्देशन छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?v=4K1wPkvooOY

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १७:३६