तल्लो मोदीखोलाको फागुन पहिलो साता परीक्षण उत्पादन

माघ ४, पर्वत । पर्वतमा निर्माणधिन २० मेघावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादनमा १० महिना ढिलाइ भएको छ । वैसाख पहिलो सातामा नै परीक्षण उत्पादन थाल्ने योजनामा रहेको जलविद्युत् आयोजनामा टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फागुन पहिलो साता पुगेको हो ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भैरहेको छ । पहिलो चरणमा बैषाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भैरहेको भएको छ । पहिलो चरणमा मर्मतको काम सकेपछि कार्तिक १० गते लक्ष्मीपुजाका दिन परीक्षण गर्दा पनि टनेलमा समस्या देखिएपछि पुन मर्मत थालिएको हो ।

मोदी इनर्जी लिमिटेडले दिएको जानकारी अनुसार अडिट २ को ५ सय मिटर भित्रको टनेलमा पानी चुहिने समस्या देखिएको छ ।कारोवार दैनिकमा खवर छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०४:४१