अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको उर्दी

माघ ४, काठमाडौं । पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोष कस्सिएको छ । सातदिने समयसीमा तोकेर कोष अवैध संरचना हटाउन कस्सिएको हो ।

पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् । कोषका अनुसार, पशुपतिभित्र व्यापार तथा बसोबास गर्दै आइरहेकाहरूले कोषसँग अनुमति लिनुपर्छ । तर, अधिकांशले अनुमति लिएका छैनन् ।तैपनि उनीहरूले उन्मुक्ति पाउँदै आइरहेका थिए ।

कोषको अनुमतिबेगर निर्माण भएका संरचनाले पशुपति क्षेत्रभिको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अनलाईन खवरवाट साभार

प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०५:०२