थोरङ गएका ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन

माघ ५, पोखरा । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि सम्पर्कमा नआएको मानाङ निस्याङ गाउँपालिका(९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ ।

अन्नपूर्ण बेसक्याप जाने क्रममा शुक्रबार हिमपहिरोमा परेका दुई नेपाली गाइडसहित ७ जना पनि अझै भेटिएका छैनन् । अन्न्पूर्ण गाउँपालिका–११ स्थित सिगाउँबाट देउराली हुँदै अन्नपूर्ण बेसक्याम्पतर्फ जाने क्रममा देउराली भन्ने स्थानमा हिमपहिरो परेका थिए ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १३:५६