नेपाल शिक्षक संघ फलेवासको दोस्रो प्रतिनिधी सभा तथा स्वागत कार्यक्रम सम्पन्न

माघ ४, पर्वत । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ फलेवास नगर कार्य समिति पर्वतको दोस्रो प्रतिनिधि सभा तथा स्वागत सम्पन्न भएको छ ।

 ‘शिक्षकको मर्यादित पेशा विद्यार्थीलाई जीवन उपयोगी शिक्षा’ भन्ने मुल नाराका साथ पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल शिक्षक संघमा नवआगन्तुक फलेवास नगरपालिकाका १ दर्जन भन्दा बढि शिक्षकहरुलाई संघमा स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ संघिय कार्य समितिका बरिष्ठ उपाध्याक्ष यम पि भुषालले वर्तमान सरकार शिक्षा क्षेत्रको बाधक भएको बताउनु भयो । परिवर्तनका नाममा शिक्षा क्षेत्रलाई विभिन्न बहानामा तहसनहस बनाउन लागेको बताउँदै सरकारका पात्रहरुलाई नेपाल शिक्षक संघले कुनै पनि हालतमा नछोड्ने बताउनु भयो । सरकारले शिक्षक माथि विभेद गरेपनि शिक्षक भनेको समाजको शिक्षत वर्ग भएकोले समाज परिवर्तनको संबाहकको रुपमा शिक्षकहरु लाग्नु पर्ने उहाँको धारण थियो । 

कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी कार्य समितिका उपमहासचिव विष्णुप्रसाद शर्मा, नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारी, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, नेपाली काँग्रेस फलेवास नगर समितिका सभापति हिरामणि सापकोटा, नेपाल शिक्षक संघका पूर्व महाधिवेशन प्रतिनिधी भरत शर्मा लम्साल, अर्का प्रतिनिधी यामप्रसाद शर्मा, नेपाल शिक्षक संघ पर्वतका पूर्व क्षेत्रिय अध्यक्ष मेघराज लम्साल, नेपाल राष्ट्रिय शिक्षक संगठन फलेवास नगरपालिकाका अध्यक्ष दिपकराज रेग्मी, नेपाल शिक्षक संघ पर्वतका पूर्व सदस्य शिवप्रसाद पौडेल, गणेशप्रसाद तिवारी, चन्दनी प्राविका प्रधानाध्यापक इन्द्रप्रसाद पोख्ररेल, बालज्योती प्राविका शिक्षक राजकुमार विक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 कार्यक्रममा शिक्षक संघ फलेवासका सचिव राजुप्रसाद भुषालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल शिक्षक संघ फलेवास नगर समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वागत मन्तव्य नेपाल शिक्षक संघ पर्वतका पूर्व सचिव मोती च्वाई र संचालन सचिव राजुप्रसाद भुषालले गर्नुभएको थियो ।

 उक्त कार्यक्रममा नेपाल शिक्षक संघमा आवद्ध फलेवास नगरपालिका भित्रका शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १६:४६