द्वन्द्वकालीन आयोग पदाधिकारीको नाम सिफारिस : सत्य निरुपणमा भट्ट र बेपत्तामा सुवेदी

माघ ४, काठमाडौँ । लामो विवाद र बहसपछि द्वन्द्वकालीन दुई आयोगले नेतृत्व पाउने भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम शनिबार सिफारिस भएको हो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र अध्यक्ष रहेको गठिन सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा। गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश युवराज सुवेदीको नाम सिफारिस गरेको हो । भट्ट नेपाल ल क्याम्पसका सह(प्राध्यापक हुन्सु । वेदी पूर्वनायक महान्यायाधीवक्ता हुन् । उनीसँग उच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर लामो समय काम गरेको अनुभव छ।

द्वन्द्वकालीन आयोग पदाधिकारीको नाम सिफारिस : सत्य निरुपणमा भट्ट र बेपत्तामा सुवेदीसिफारिस समितिले शनिबार नै दुवै आयोगका सदस्यको नामसमेत सिफारिस गरेको छ । स्रोतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल, विष्णु पोखरेल नाम सिफारिस भएको छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १६:५३